बलिउड नायक भन्छन- ‘नेपालका डाँडामा घर बनाएर बस्न पाउँ’

arsad-warsi-pic
बलिउड नायक अर्सद वार्सी हालै मात्र नेपाल भ्रमण गरि फर्किएका छन् । अन्नपूर्ण क्षेत्रमा पदयात्राका लागि आएका उनले १५ दिन नेपालमा बिताए । नेपाल आएकै दिन उनले मिस नेपाल २०१४ का प्रतिस्पर्धीसँग अन्तरक्रिया गर्नु बाहेक खासै औपचारिक कार्यक्रममा सहभागी भएनन् ।
अमेरिकामा हुन लागेको आइफा अवार्डमा सहभागी हुन फर्किन लागेका वार्सीले दि हिमालयन टाइम्स दैनिकसँग कुरा गर्दै नेपाल भ्रमण अविस्मरणीय रहेको बताए । जुन महिनाअघि फेरि नेपाल आएर घुम्न चाहेको उनले खुलाए ।
‘डेढ इस्किया’ रिलिजपछि नेपाल आएका उनले ‘गुड्डु रंगीला’ फिल्म बनाउन लागेको बताए । प्रस्तुत छ, वार्सीसँग हिमालयन टाइम्सले गरेको कुराकानीको आशिंक भावअनुवाद-
नेपाल भ्रमणमा तपाई कसरी आइपुग्नुभयो बताइदिनुस न । के यो पहिलोपटक हो र ?
मेरा बालककालका साथीहरु जो बिभिन्न देशमा बसिरहेका छन, उनीहरुले एक दिन मलाई भने कि हामीहरु ट्रेकिङका लागि नेपाल जाँदैछौं । मैले यो महत्वपूर्ण अबसर गुमाउन चाहिन् र मेरा सवै योजनालाई थाती राखेर यहाँ आएँ । यो मेरो पहिलो नेपाल भ्रमण हो ।
नेपालको सवैभन्दा धेरै के मन पर्यो ?
यहाँका मानिसहरु, जुन तरिकाको यहाँको शहर छ यी सवै कुरा मन पर्‍यो । यहाँका मानिस मेहेनती र इमान्दार लाग्यो । मलाई सवैभन्दा अचम्मचाहिँ ठमेल पुग्दा लाग्यो । त्यहाँ त सवै चीज पाइने रहेछ । मैले धेरै सपिङ गरेँ ।
नेपालको यात्रा अनुभव कस्तो रह्यो ?
ट्रेकिङबाहेक अन्त म धेरै घुमिन, त्यसैले धेरै अनुभव गर्न पाइन । जुन महिनाअघि नै फेरि एकपटक नेपाल आउने मेरो योजना छ, जतिबेला मौसम बिग्रिसकेको हुनेछैन । नेपाल आएकै दिन मैले मिस नेपालका सवै प्रतिस्पर्धीलाई भेटन पाएँ । उनीहरु सवै सुन्दर र स्मार्ट लाग्यो ।
तपाईले नेपाल र भारतवीच केही समानता पाउनुभयो ?
साँच्चै भन्नुपर्दा धेरै कुरामा समानता रहेछ । हाम्रो खाना, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता लगायतका धेरै कुरा । मलाई आफ्नै घरजस्तो लाग्यो ।
यो भ्रमणको बिर्सनै नसक्ने कुनै एक कुरा ?
मलाई त नेपालका पहाडी डाँडामा एउटा घर किनेर केही समय बिताउने मन छ । ट्रेकिङको पुरै अनुभव निकै रोमाञ्चक रह्यो । प्रकृतिको बिचमा आँखै अगाडी अन्नपूर्ण लगायतका हिमाल हेर्न पाउनु साँच्चै अबिश्वसनीय अनुभव थियो । कुनै एउटामात्र कुरा भन्न गाह्राे छ, कतिपय अनुभव शब्दमा ब्यक्त गर्न नसक्ने खालका छन् ।

अक्षय पुग्दा ठमेल ठप्प, फ्यानलाई गरे नमस्कार

AKSHY-KUMAR-IN-THAMEL
आफ्नो नयाँ चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउड नायक अक्षय कुमार आज ठमेल पुगेका छन् । ठमेलको मन्डला सडकमा उनको सिनेमाको छायांकन भएको हो ।
सिनेमा छायांकन हुँदा २ घन्टा ठमेल आवतजावतमा रोक लगाइएको थियो । पत्रकारदेखि सर्वसाधरणलाई ठमेल प्रवेशमा कडाई गरिएको थियो । प्रहरीले अक्षयलाई कडा सुरक्षाका साथ हायात होटलबाट ठमेल पुर्‍याएको थियो ।
तर ठमेलमा छायांकनका क्रममा अक्षयलाई फ्यानहरुले टाढाबाट हेर्ने मौका भने पाए । अक्षयले पनि फ्यानहरुलाई निराश पारेनन्, टाढैबाट भएपनि नमस्कार गरे ।akshya-kumar-in-t-hamle-hi
 तस्बिर सौजन्य : लेक्स लिम्बु डटकम

फोटोसुटमै यसरी देखाइन् कंगनाले

kangana-ranwat
बलिउड नायिका कंगना रनोट केही मुडी स्वभावकी मानिन्छिन् । कंगनाले अभिनय गरेको चलचित्र ‘क्विन’ हिट भएपछि उनको माग पनि बलिउडमा बढेको छ । यसैक्रममा उनले हालै मात्र ‘जीक्यू’ म्यागेजिनका लागि हट फोटोसुट गराएकी छिन् ।
फोटोसुटका क्रममा कंगना खुबै खुलेकी थिइन् । कालो विकिनीमा चुरोट पिउँदै कंगनाले गरेको फोटो निक्कै हट छ । यो फोटोसुट तरुण विश्वाले गरेका हुन् ।

बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा

बैशाख २३

जालन्धरको होसियारपुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेदवार भगवान सिंह चौहानले बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका छन् ।
 
बाबा रामदेवले आइतबार राहुल गान्धीले गरिबको घरमा ‘पिकनिक र हनिमुन’ मनाएको अभिव्यक्ति सार्वजनिक गरेपछि यसले देशका सबै महिलाको अपमान गरेको भन्दै उनको टाउको ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।
 
बहुजन समाजवादी पार्टीका कार्यकर्ताहरुले होसियारपुरमा बाबा रामदेवको पुत्लासमेत जलाए ।
चौहानकाअनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मायावतीले पनि रामदेवलाई झुन्ड्याउने माग गरेकी छिन् ।
 रामदेवले हालै मात्र एक कार्यक्रममा गुरु गोविन्द सिंहको तस्विर भएको सोफामा बसेको तस्विर सार्वजनिक भएको थियो ।