हङकङलार्इ हराउँदै नेपाल एसीसी च्याम्पियन्समा छनोट (फोटो फिचरसहित)

अंक तालिकामा दोस्रो स्थानमा, बुधबार अफगानिस्तानसँग खेल्ने 

हङकङलार्इ हराउँदै नेपाल एसीसी च्याम्पियन्समा छनोट (फोटो फिचरसहित)

अंक तालिकामा दोस्रो स्थानमा, बुधबार अफगानिस्तानसँग खेल्ने


main-10
सुरेश भुसाल/राजकुमार श्रेष्ठ
२२ बैशाख, क्वालालम्पुर । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले  हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै नेपाल एसीसी च्याम्पियन्सिपका लागि छानिएको छ । नेपालसँगै अफगानिस्तान, ओमान र युएर्इ पनि च्याम्पियन्सिपका लागि छानिएका छन् । 
आजको हारसँगै आयोजक मलेसिया र  हङकङ भने प्रतियोगिताबाट बाहिरिएका छन् । हङकङलार्इ हराएपछि नेपाल अंक तालिकाको रनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपालसँगै अफगानिस्तान र ओमानको पनि समान ६/६ अंक छ । रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र ओमान तेस्रो स्थानमा छ ।
नेपालले हङकङबाट सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको थियो । तर, वर्षातले  करिव एक घण्टा खेल प्रभावित भएपछि डीएल बिधिका आधारमा ३८ ओभरमा छोट्याइएको खेलमा १ सय ४४ रनको लक्ष्य पाएको थियो । नेपालले पाएको नयाँ लक्ष्य ३ विकेटको क्षतिमा ३४ दशमलब १ ओभरमा भेट्टाएको हो।
नेपालका लागि जित दिलाउने क्रममा पारस खड्काले कप्तानी पारी खेले । उनले ५२ बलको सामना गर्दै ४३ रन जोडी नट आउट रहे । त्यसैगरी नरेश बुढाऐरले ८६ बलको सामना गर्दै ४१ रन बनाउन सफल भए ।
game summary_nep-HONGKONGकप्तान पारस खड्कासँग साझेदारी गर्दै नट आउट रहेका शरद भेसवाकरले ३३ बल खेल्दै १९ रन बटुले । त्यसैगरी ज्ञानेन्द्र मल्लले १० बल खेल्दै १५ रन जोडे । ओपनर सुवास खकुरेल २४ बलमा १६ रन बनाउँदै पभेलियन फर्के ।
हङकङका लागि इरफान अहमदले २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै ४७ रन दिएका तनविर अफजलले ४७ रन खर्चेर एक विकेट लिए । अब नेपालले बुधबार बिहान नेपाली समयअनुसार ७:४५ बजे अफगानिस्तानसँग खेल्ने छ ।
टिमको राम्रो पर्दशनले जित्यौं : कप्तान पारस
जितपछि अनलाइनखबरसँग कुरा गर्दै कप्तान पारसले टिम प्रदर्शन राम्रो भएको बताए । फिल्डिङ सुरुवातमा राम्रो नभएपनि कमव्याक गरेको भन्दै उनले सोमपालले राम्रो बलिङ गरेको बताए ।
बसन्त रेग्मीसंगै आरिफ शेखले पनि डेब्यू खेलमा राम्रो प्रदर्शन गरेको उनले बताए । उनले व्याटिङमा सबैको योगदान रहेको बताए । पारसले भने-अब अफगानलाई हराएर उपाधि  जित्ने लक्ष्य रहेको छ ।’
point table_ACC
Nepal Vs Hongkong.8 Nepal Vs Hongkong Sharad on Bating Nepal Vs Hongkong.7 Nepal Vs Hongkong.6 Nepal Vs Hongkong.4 Nepal Vs Hongkong.2. main-11 main-12 main-13 Nepal Vs Hongkong.1
main-8 Nepal Vs Hongkong. Croud Nepal Vs Hongkong.3 Nepal Vs Hongkong.5 main-9
badhai