बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा

बैशाख २३

जालन्धरको होसियारपुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेदवार भगवान सिंह चौहानले बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका छन् ।
 
बाबा रामदेवले आइतबार राहुल गान्धीले गरिबको घरमा ‘पिकनिक र हनिमुन’ मनाएको अभिव्यक्ति सार्वजनिक गरेपछि यसले देशका सबै महिलाको अपमान गरेको भन्दै उनको टाउको ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।
 
बहुजन समाजवादी पार्टीका कार्यकर्ताहरुले होसियारपुरमा बाबा रामदेवको पुत्लासमेत जलाए ।
चौहानकाअनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मायावतीले पनि रामदेवलाई झुन्ड्याउने माग गरेकी छिन् ।
 रामदेवले हालै मात्र एक कार्यक्रममा गुरु गोविन्द सिंहको तस्विर भएको सोफामा बसेको तस्विर सार्वजनिक भएको थियो ।