आफ्नो नयाँ चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउड नायक अक्षय कुमार आज ठमेल पुगेका छन् । ठमेलको मन्डला सडकमा उनको सिनेमाको छायांकन भएको हो ।
सिनेमा छायांकन हुँदा २ घन्टा ठमेल आवतजावतमा रोक लगाइएको थियो । पत्रकारदेखि सर्वसाधरणलाई ठमेल प्रवेशमा कडाई गरिएको थियो । प्रहरीले अक्षयलाई कडा सुरक्षाका साथ हायात होटलबाट ठमेल पुर्याएको थियो ।
तर ठमेलमा छायांकनका क्रममा अक्षयलाई फ्यानहरुले टाढाबाट हेर्ने मौका भने पाए । अक्षयले पनि फ्यानहरुलाई निराश पारेनन्, टाढैबाट भएपनि नमस्कार गरे ।
तस्बिर सौजन्य : लेक्स लिम्बु डटकम