माडीबा, कसले भन्छ तिमी मरेयौ भनेर? -दीपक मनराल, शिकागो

  • (ब्यापक परिमार्जन सहित पुन: प्रेसित; साथीहरू, अरु मानिसहरूसंग पनि सक्दो हिस्सेदारी (Share) गर्नु होला) 

    माडीबा, कसले भन्छ तिमी मरेयौ भनेर? 

    धन्य रह्यौ महान नेलसन मण्डेला, तिमी युग-युग सम्म जीवित रहने छौ ! 

    दछीण अफ्रिकाका जनताले मण्डेलालाई माया र आदरगरेर "माडीबा" भनेर सम्बोधन गर्द थिए. त्यो नाम उनको जनजातिय (Tribal) नाम हो. जनताले त्यहि नामले उनलाई सम्बोधन गर्न मन पराउँ थिए. 

    अफ्रिकी जनताका महान नेता र विश्वकोलागी स्थायी प्रेणनाको स्रोत बनेका क्रान्तीकारी महायोद्धा मन्डेलाले एकै पटक २७ बर्ष र त्यो बाहेक पटक-पटक गरी ३८ वर्ष भन्दा बढी झ्यालखानामा बिताएका थिए. त्यो लामो बन्दी जीवनको अतिरिक्त, उनको झन्डै ७० बर्ष भन्दा बढी अबधीको शंघर्षपूर्ण जीवनमा अथाह र कहाली लाग्दो उतार-चढावको मार्ग हिंडे. त्यो के का लागी? स्वतन्त्रता, सामाजिक न्याय र बास्तविक प्रजातन्त्रको लागी. उनले के पाए? उनले जीवनका धेरै महत्वपूर्ण कुराहरू गुमाए. तर उनले धेरै अमुल्य उपलब्धीहरू पाए- स्वतन्त्रता, सामाजिक न्याय र जनतन्त्र, यध्यपि यी कुराहरूलाइ पूर्णता दिन भ्यायनन. उनले त्यत्ती मात्र पाएनन्, दछिण अफ्रिकी जनता, सम्पूर्ण अफ्रिकी महाद्वीपका जनता र विश्वभरका शान्तीकामी, न्यायप्रेमी र स्वतन्त्रा तथा प्रगतीउन्मुख जनताको असिम आदर, साँच्चो माया र अपनत्व पाए. यो भन्दा ठुलो एउटा मानवको लागी के नै चाहियो र? मण्डेलाले दृष्टिगोचर (Vision) मा राखेको र चाहेको प्रजातन्त्र दछीण एशियाका हाल नेपाल, भारत, पाकिस्तान, बंगलादेश, बर्मा लगायतका देशहरू; रसिया, फिलिपिन्स, अफ्रीकाका अन्य देशहरूमा भनि आएको र चलि आएको नाममात्रको बगम्फुसे (Bogus), देखावटी र नक्कली प्रजान्तन्त्र, अर्थात परमपराबादी र पट्यारलाग्दो "प्रजातन्त्र" थिएन (“Do nothing” democracy). उनले चाहेको प्रजातन्त्र एउटा प्रगतीशील प्रजातन्त्र, हो, जसमा आम जनताले ब्यक्तीगत स्तरमानै आफ्नो दैनिक आर्थिक, सामाजिक र राजनीतक जीवनमा प्रत्यछ्य र सकारात्मक फलहरू अनुभव गर्न पाउन र ए.एन.सी. को मुख्य लछ्य तत्काल रंगभेदबादको अन्त्य गर्नु मात्र थिएन. उसको लछ्य त्यस्तो प्रजातन्त्र स्थापना गर्नु थियो र छ. यस्तो प्रजातन्त्र र यस्तो राजनीतिक ब्यबस्था सम्भव छ भन्ने तथ्यको पुष्टी उत्तरी युरोपमा रहेका Scandinavian देशहरू र अन्य केहि देशहरूका नेताहरू, राजनीतिक दलहरू र जनताले बिगत लामो समयदेखि आफ्नो देशहरूमा लागु गरेको बर्तमान समय साछी छ. मन्डेलाले परिकल्पना गरेको प्रजान्त्र त्यही हो. उनको प्रजातन्त्रमा छबिलाल दाहाल, हिशिला यमी, बाबुराम भट्टराई, आदी जस्ता युद्ध-सरदारहरू (Warlords) र नव-धनाड्यहरू; खुम बहादुर खड्गा, पूर्ण बहादुर खड्गा, गोबिन्दराज जोशी, बिजय कुमार गच्छेदार, हृदयश त्रिपाठी, हेम बहादुर मल्ल, नेत्र बिक्रम थापा, राजेन्द्र महतो, आदी जस्ता शामन्त र जमिन्दारहरू, जो बिहारको लालु प्रसाद यादवका नेपाली संस्करणहरू हुन्; छबिलाल दाहाल, हिशिला यमी, बाबुराम भट्टराई, चिरन्जीवी वाग्ले, जय प्रकाश आनन्द गुप्ता, सुर्य बहादुर थापा, बिजय कुमार गच्छेदार, हृदयश त्रिपाठी, खुम बहादुर खड्गा, पूर्ण बहादुर खड्गा, गोबिन्दराज जोशी, जस्ता जीवनभर झुट बोलेर नथाक्ने फटाहा र आफ्नो प्रभाव र सरकारी पदको दुरुपयोग गरेर देशको सम्पती लुटेर धनी भएका नव-धनाड्यहरू; पटक-पटक र/वा लामो समयावधीकालागि आफ्नो राजनीतिक दल र/वा मन्त्रीमंडलको नेतृत्व गर्ने मौका पाउँदा समेत देश र जनताका लागि कुनै ठोश कार्यहरू गर्न नसकेको भनि प्रमाणित भएका, अर्कोतर्फ़ आफुलाई सर्बज्ञानी र आफ़्न्नै दलभित्र र देशमा आफूमात्र योग्य ठान्ने शेर बहादुर देउबा, माधव नेपाल, झलनाथ खनाल, आदी जस्ता घोर अयोग्य, महत्वाकान्छ्यी, पाखण्डी र निर्लज्ज "नेता"हरू (“Good for nothing” leaders); शामंतबाद्को संस्थागत प्रतिनिधी रहेको मृत राजतन्त्रको ओकालत गर्ने, टाउको पछिल्तिर फर्केको, धुर्त र फटाहा प्रमाणित कमल थापा जस्ता "नेता"हरू; आफुलाई "सर्बहारा बर्गका नेताहरू" भनाउन रुचाउने, आफुलाई खुबै "प्रगतीशील, सामाजिक न्यायको पछ्यपाती र गरिब तथा निमुखाहरूको पछ्यको राजनितीको ओकालत गर्छु" भन्दै आफ्नो ब्यबहारमा भने ठिक बिपरित चरित्रहरू [अर्थात, पाखण्डीपना= (Hypocrisy)] देखाईरहेका, छबिलाल दाहाल, हिशिला यमी, बाबुराम भट्टराई, झलनाथ खनाल, बामदेव गौतम, भरतमोहन अधिकारी, ईश्वर पोख्ररेल, प्रदिप नेपाल, भिम बहादुर रावल, पोष्ट बहादुर बोगटी, कृष्ण बहादुर र अन्य असंख्य "नेताहरू" र "कार्यकर्ताहरू"; बैध्य "माओबादी" गुटका चन्द्र प्रकाश गजुरेल, पम्फा भुषाल, राम बहदुर थापा मगर ("बादल"); ने.क.पा.(मा.ले.) का सी.पी. मैनाली, आदी जस्ता पाखण्डी "नेताहरू" र देशमा आफुलाई र आफूमात्र "प्रजातन्त्रको मसियाह" ठान्ने, तर ब्यबहारमा आफ्नै दलभित्र, अरु दलहरूसंग र जनतासंगको व्यवहारहरूमा भने कहिले पनि प्रजातान्त्रिक आचरणहरू अभ्याष गर्ने बिगत तथा बर्तमान ईतिहांस नभएको, देशमा भ्रष्ट्राचार, पूर्वाग्रह, अकर्मन्यता, यथास्थितीबाद, आदी स्थापित गर्ने, नेपालमा शामंतबाद र पुन्जीबादको मिश्रित प्रतिनिधीत्व गरिआएको नेपाली कांग्रेसका नेताहरू गिरिजा कोइराला (मृत), रामचन्द्र पौडेल, शेर बहादुर देउबा लगायत जस्ता पाखण्डी "प्रजातन्त्रबादी" "नेता"हरूले राजनीतिमा जन्मने वा त्यसमा खेल्ने ठाउँ पाउने छैनन् तथा जुन प्रजातन्त्रमा मुड्की, बन्दुक, कुतर्क, फट्याई, अनैतिकता र मूर्खताले होइन, बरु तथ्य, तर्क, नैतिकता, मानविय सम्बेदनाशिलता, जिम्मेवारी बोधको भावना र बिधीहरूले प्रभुत्व जमाउने छन. यस्तो श्रेणीको प्रजातन्त्र यो लेखकले ति Scandinavian देशहरूमा आफैले देखेर र बुझेर आएको थियो. म त्यहाँ पुगेर देख्दा र बुझ्दै जाँदा त आफुलाई जिउन्दै स्वर्ग पुगेको जस्तो अनुभुती भयो. यसैलाई भन्छन प्रगतीशील प्रजातन्त्र (Progressive Democracy or the genuine democracy). स्मरण रहोस साथीहरू, यहाँनेर मैले कुनै काल्पनिक (Utopian) राजनीतिक, आर्थिक र सामाजिक ब्यबस्थाको कुरा गरिरहेको छैन. यो बास्तविकता नै हो, जुन म स्वयंले अवलोकन गरेको तथ्य हो. 

    ७० बर्ष भन्दा बढी अबधीको अत्यन्त कठोर संघर्ष र ३८ बर्षको झ्यालखानाको बासमा रहंदा पनि र दछिण अफ्रिकी जनताले चाहना गर्दा गर्दै पनि मण्डेलाले एक पटक भन्दा बढी राष्ट्रपती हुन चाहेंनन र देशमा एक अभिभावक राजनेताको हैशियतमा रहन रुचाए. जनताले उनलाई "तपाईं अब बाचुन्जेल देशको राष्ट्रपती हुनुपर्छ" भनि आग्रह गरेका थिए. तर, मन्डेलाले भने: "हेर्नुस, म मण्डेलालाई यो देशको राष्ट्रपती भैदियोस भन्ने तपाईंहरूको इच्छा मैले पुरागरिदिसकें. अब अरु नेताहरूलाई पनि जांच गर्ने र अन्य नेताहरूलाई पनि मौका दिनु राम्रो होला कि भन्ने मेरो बिचार छ. के थाहा? उहाँहरू म भन्दा बढी अशल र सछ्यम पो हुनु हुन्छ कि !" भनि महानता दर्शाए. बाचुन्जेल आफुनै देश, सरकार र दलका नेता हुनु पर्छ भन्ने अन्य धेरै देशहरूका नेताहरूले स्थापित गरेका अबिकषित र असभ्य परम्परालाइ त्यागे. उनले देशका अन्य नेताहरूलाई मौका दिन चाहे र त्यसको लागी आफु दृष्टान्त बनेर देखाए र देश, जनता र आफ्नो राजनीतक संगठन ए.एन.सी. (A.N.C.= African National Congress) र त्यसका अन्य नेताहरू प्रती महान भरोसा र बिश्वास प्रकट गरे. आज दछीण अफ्रीकामा ए.एन.सी. (A.N.C.) एउटा राजनीतिक दलको रुपमा मात्र होइन, यो एउटा आन्दोलनको रुपमा (As a movement), त्यहाँका सबै सम्प्रदायका, सबै धर्ममा आश्था राख्नेहरूका र देशका सबै भूभागहरूमा स्थापित संस्था रहेको छ. त्यस्तो हुनमा मण्डेला र उनि जस्तै समकालीन अन्य नेताहरूका दुरगामी र बिशेष भूमीकाकै कारणले सम्भव भएको हो. ए.एन.सी. काला सम्प्रदायमा मात्र होइन, गोरा र अन्य सम्प्रदायमा पनि उत्तीकै स्थापित छ. सन् १९०५ मा स्थापित ए.एन.सी.को १०८ बर्षे अवधीको आधा भन्दा बढी समय यो वा त्यो रुपमा मण्डेलाकै नेतृत्वमा चल्यो. उनले शान्तीपुर्ण आन्दोलन देखी सशक्त सशश्त्र आन्दोलनहरू (Armed movements) हाँके. शान्तीपुर्ण आन्दोलनहरूमा तत्कालिन घोर दछिणपन्थी प्रतिक्रियाबादी श्वेत शाशकहरूले अत्यन्त निर्मम दमन गरिरह्यो. हज्जारौं निहत्था मानिसहरू मारिएको मारियै भए. अनि त मन्डेला र उनका समकालीन अन्य महायोद्धाहरूले पनि बाध्य भएर सशश्त्र आन्दोलनको बाटोमा हिड्नै पर्यो. मन्डेला गान्धीवादी थिए भनेर पश्चिमी र भारतीय संचार-माध्यमहरू भ्रमपूर्ण प्रचार गरेका छन्. तत्कालिन अंग्रेज शाशित भारतमा नै काम नलाग्ने सावित भएको "गान्धीबाद" मण्डेलाको देशमा झन् काम नलाग्ने भयो नै. यथार्थमा, मण्डेला गान्धीवादी थिएनन्. कसैले आफुलाई गान्धीसँग तुलना गरेको र गान्धीसँग आफुलाई जोडेको कुराहरू मण्डेलालाई मन पर्दैन थियो. हो, एउटा कुरा के भने, मन्डेला आन्दोलनमा सकेसम्म एउटा पनि मानव जीवन खेर नजावस भन्ने चाहना राख्द थिए र प्रयाश गर्थे. उनले नचाहँदा नचाहँदै पनि प्रतिक्रियाबादी श्वेत शाशकहरूले हतियार-बिहिन र शान्तीपूर्ण आन्दोलनकारीहरूलाई एकै पटक सयौं र हज्जारौं संख्यामा मार्ने गर्दथिए. त्यसपछी, ए.एन.सी. का धेरै समर्थकहरूले र उसका युवा कार्याकर्ताहरूले सशश्त्र आन्दोलनको बाटोमा हिड्न बारम्बार र लामो आग्रह गरे पछी मण्डेला सशश्त्र आन्दोलनको बाटोमा हिड्न सहमत भए. यसरी मण्डेला सशश्त्र आन्दोलनको बाटोमा पनि हिंडेका थिए. शान्तीपूर्ण आन्दोलननै उनको बाटो थियो, तर पनि हतियार उठाउनु उनको बाध्यता थियो. अर्को कुरा, गान्धी क्रान्तिकारी थिएनन्, मण्डेला क्रान्तिकारी थिए. गान्धीको "अहिन्शामात्मक" आन्दोलन दछीण अफ्रीकामा असफल भए पछी उनि भारत आएका हुन् र त्यहाँ पनि अहिन्शामात्मक" आन्दोलन सुरुगरेका थिए. तर, अंग्रेज शाशकहरूले गान्धीलाई टेर पुछ्छर लगाएनन. तत्कालिन भारतमा गान्धीका समकालीन अर्का ठुला र ज्यादै जाज्वल्यमान, तर चर्चामा आउन नदिईएका ज्यादै लोकप्रिय क्रान्तिकारी नेता नेताजी सुभाष चन्द्र बोसको अंग्रेज बिरोधी सफल र लोकप्रिय रणनितीहरूले गर्दा मात्र अंग्रेजले डराएर भारत छाडेका थिए. यो तथ्य भारतको ईतिहांसबाट उद्देश्यमूलक ढंगले गायब पारिएको छ. नेताजी सुभाष चन्द्र बोस गान्धी भन्दा ३० बर्ष कान्छा थिए, तर उनको लोकप्रियताले गर्दा गान्धी-नेहरु जस्ता नेताहरूले नचाहँदा नचाहँदै पनि उनि २ पटक तत्कालिन भारतीय राष्ट्रिय कांग्रेस दलको नेता चुनिए. तर षड्यन्त्रपूर्वक उनलाई राजिनामा दिन बाध्य पारियो. 

    मण्डेलाको अर्को एउटा विशेषता थियो: उनि सबै प्रकारहरूका (आर्थिक, नैतिक र सामाजिक) भ्रष्टाचार (भ्रष्ट+आचरण=भ्रष्ट+आचार ) वा भ्रष्ट ब्यबहारहरूका सख्त बिरोधी थिए र त्यो कुरा उनले ब्यबहारमा देखाएका थिए. उनले केहि प्रशंगहरूमा भनेका थिए: "एउटा राजनीतक आन्दोलन, एउटा राजनीतक दल र एउटा राजनीतिक नेताकोलागी आफ्ना कार्यकर्ताहरू र जनताका बिश्वास, समर्थन र माया सबैभन्दा मुल्यवान, भरपर्दो तथा शक्तीशाली हतियारहरू हुन. यदी हामीले भ्रष्ट र पतित भएर आफ्ना कार्यकर्ताहरू र जनताको चित्त दुखायौं भने, हामी ले सबै कुराहरू गुमाउन पुग्ने छौं र हामी हात-खुट्टा नभएका, आँखा, नाक, कान नभएका मानिस जस्तै केही गर्न नसक्ने हुन्छौं.” उनको यही मान्यताकै कारण, उनि राष्ट्रपती भएपछी भ्रष्टाचारमा मुछिएकी, ३३ वर्षसम्म आफ्नो श्रीमती रहेकी र सरकारमा सांस्कृती र बिज्ञान तथा प्रबिधी उपमन्त्री रहेकी विन्नि मण्डेलालाइ सरकारी नियम र कानुन अनुशार कारवाही गर्न लगाए, मंत्री पदबाट निकाले. त्यत्ती मात्र होइन, उनले श्रीमतीबाट परपार्चुके नै गरे, जुनबेला उनि ८२ वर्षका थिए. त्यसका अतिरिक्त, त्यसबेला ए.एन.सी. को तर्फाबाट मंत्री रहेका केही व्यक्तीहरू, जो भ्रष्टाचारमा मुछिएका थिए, उनीहरू सबैलाई आरोप लाग्ने बित्तीकै पदमुक्त गरे. विन्नि मण्डेला समेत अन्य केही मन्त्रीहरू कानुन अनुशार झ्यालखाना पनि जाकिए. यसरि, मन्डेलाले आफ्नी श्रीमती, ए.एन.सी. को महिला विभागकी प्रमुख र मंत्री, अन्य व्यक्तीहरूलाई आफ्नो आन्दोलनका महत्वपूर्ण केन्द्रिय सदश्य रहेका, तर भ्रष्टाचारमा लागेकाहरू माथीको कानुनी कारबाहीहरूमा हस्तछ्यप गरेनन र उनीहरूलाई कानुनबाट उम्काउन लागेनन. त्यसपछी, उनि पछी जो ब्यक्ती राष्ट्रपती भए, उनिलाइ पनि भ्रष्ट्राचार आरोप लाग्यो. मन्डेलाले उनलाई तुरुन्तै राजिनामा दिन सुझाव दिए र ती ब्यक्तीले आफ्नो कार्यकाल नसकिंदै राजिनामा दिए. उनि राष्ट्रपती हुन् अगावै विश्व जनताका आदरणीय र प्यारो बनिसकेका मण्डेलालाइ उनको आन्दोलन, दल, सरकार र समाजमा हुने भ्रष्ट्राचारहरू प्रतीको स्पष्ट र कठोर दृष्टिकोण तथा ब्यबहारहरूले उनको महानातामा सुघन्ध थप्यो. उनि भन्ने गर्थे "हेर्नुहोस, भ्रष्टाचारले त्यसो गर्ने नेतालाई मात्र आफ्ना कार्यकर्ताहरू र जनता माझ गिराउन्दैन, त्यसले एउटा महान उद्देश्य लिएको हाम्रोजस्तो आन्दोलन र दलहरूलाई पनि पतन गराउञ्छ. हाम्रा कार्यकर्ताहरू र जनताले हामीलाइ गरिआएको बिश्वास, आदर, समर्थन र अगाध माया हामीले गुमाउने छौं. त्यसपछी सामाजिक न्याय, स्वतन्त्रता र हामीले हांशील गर्न लागेको वा हांशील गरेको बास्तविक जनतन्त्र माथी जनताका शत्रुहरूले धावाबोलने छन्, जनताका शत्रुहरू बलियो हुने छन् र हामीलाई गिज्याउन्दै हाँस्ने छन्.” यहाँनेर, एउटा प्रष्ट हुनु पर्ने तथ्य के छ भने मण्डेला रंगभेद दिरुद्ध मात्र लडेका थिएनन्. उनि रंगभेदका साथै मानवद्वारा मानवमाथी हुने सबैखाले अन्यायहरूका बिरुद्ध लडेका थिएँ र समानता, स्वतन्त्रता र एउटा प्रगतीशील समाजका स्थापना गर्नलागि लडेका थिए । रंगभेद उनको र ए.एन.सी. को समग्र क्रान्तीको एउटा महत्वपूर्ण तारो थियो । क्रान्तिकारी महायोद्धा माडिबाको विचारधारा भन्दा पनि उनको ब्यक्तीतित्वबाट प्रभावित हुने विश्वका थुप्रै व्यक्तीहरूमा स्वयम् दछीण अफ्रीकाका तत्कालिन राष्ट्रपती (जो मण्डेला राष्ट्रपती हुनु भन्दा ठिक अघी सम्म राष्ट्रपती थिए) फ्रेदेरिक विल्लेम दे क्लेर्क (Frederick Willem de Clerk) स्वयम् पनि थिए । क्लेर्कले मण्डेला राष्ट्रपती चुनिए पछी बडो रुचि र गर्वकासाथ् मण्डेलाको नेतृत्वमा बनेको सरकारमा हिजो सम्म स्वयम् राष्ट्रपती रहिआएको मानिस उपराष्ट्रपती भएर मण्डेलालाई सहयोग गरे । क्लेर्क यहि राष्ट्रपती थिए जसले केहि समय अघी सम्म मण्डेलालाई झ्यालखानामा कोचिराखेका थिए । पछी त्यहि मानिस राष्ट्रपतीबाट स्वेच्छाले झरेर गर्वकासाथ मण्डेलाको उपराष्ट्रपती भए । यस्तो यस अघी मानव ईतिहांसमा कहिले पनि भएको थिएन र शायद फेरी हुन्दैन होला । 

    एकातिर कुनै महामानवको जीवन यस्तो छ भने, अर्कोतिर, हाम्रो देशमा आफ्नो देश, दल र राष्ट्रको नेतृत्व गर्न बारम्बार र लामो मौकाहरू पाउँदा पनि ति सबै छेत्रहरूमा पटक-पटक नै असफल प्रमाणित भैसकेका र नेपाली जनतामाझ घृणा, हाँसो, ठट्टा र आक्रोशका पात्रहरू बनिसकेका भ्रष्ट, पतित, पाखण्डी र हुतीहारा प्रमाणित "नेताहरू" भने जुनसुकै मौका आउँदा पनि पुन: आफुनै प्रधानमन्त्री, राष्ट्रपती, मंत्री, दलको महासचिव, दलको अध्यछ्य, आदी, ईत्यादी हुन पाउनु पर्ने दावी गर्न र त्यसको लागी अनेक षडयन्त्र, धाक-धम्की, घुर्की, आन्तरिक मारामार, आफ्नै दलका आफूसरहका अन्य नेताहरूका बिरुद्ध गुटबन्दी र घिनलाग्दो गठबन्धन गरेर आफ्नै दल, आफनै कार्याकर्ताहरू, आफ्नो देश र जनता बिरुद्ध जस्तासुकै घात गर्न कहिलै डर र लाज मान्न छोडदैनन् । अनि, आफुले पद नपाउने वित्तीकै "बिदेशी शक्तिले हस्तछ्यप गरेकोले मैले यो हुन पाइन, त्यो हुन पाइन" भनेर बर्बराउन थाल्ने मानशिक रोगले आक्रान्त छन् । कुवाका भ्यागुताजस्ता मानशिक्तायुक्त बबुराहरू ! "कहाँको महापण्डित जगत् प्रशाद, कहाँको अँधेरी गाउँको बाह्रखरे लाम्घांटे ज्योतिषी" भने जस्तै कहाँको नेलसन मण्डेला, कहाँको हाम्रा नेपालका स्वनामधन्य "नेता"हरू ! यो भनाइ हिजोका नेपालका राजाहरूलाई पनि लागु हुन्छ नै । यसै शंदर्भमा, हालशालै हाम्रा केहि "नेताहरू"ले भनेका वा भन्न लगाएका र संचार माध्यमहरू मार्फत आएका भनाइहरू उद्दरण गर्नु उपयुक्त ठहर्ला कि जस्तो लागेको छ । कुनै एउटा दलको एउटा शिर्ष नेता आफुलाई "नेताहरूका पनि नेता," "राष्ट्रका नेता" घोषित गर्छ. त्यही नेता भर्खर सम्पन्न निर्वाचनको शिलशिलामा "म अव तपाईंहरूका राष्ट्रपती भैसकें, औपचारिक घोषणा हुन मात्र बाँकी छ" (एमाओबादीका "नेता" छबिलाल दाहाल). त्यसैगरी निर्वाचनको प्रचार-प्रशारको शिलशिलामा अर्को दलका नेता कुर्लन्छ "बुझ्यौ, अब मेरो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार म नै हो र म मात्र हुँ, अब प्रधानमन्त्री हुने पालो मेरो हो नै हो" (बामदेव गौतम)। अनि त्यही दलको बरिष्ट नेता चुनावको नतिजा बाहिर नआइसक्दै "म प्रधानमन्त्री हुँ तयार भैसकें" भन्छ (माधव नेपाल) र त्यही दलको शिर्ष नेता "बुझ्नु भो! म हाम्रो पार्टीको अध्यछ्य रहुन्जेल, आफ्नो पार्टीको अर्को कुनै नेतालाई प्रधानमन्त्री हुँ दिन्न"(झलनाथ खनाल) भन्दै कुर्लन थाल्छ. फेरी अर्को दलको एउटा बरिष्ट नेता भन्छ "हेर्नुहोस, म ३ पटक प्रधानमन्त्री भैसकेको नेता । त्यसैले, म मात्र प्रधानमन्त्री हुन योग्यता भएको नेता हुँ । अरु होइन । त्यसो भएको हुनाले, म नै खास उम्मेदवार हुँ" (शेर बहादुर देउबा) । त्यही पार्टीको अर्को उपनेताजी भन्छ " हिजो अप्ठ्यारो, हार्ने सम्भावना भएको बेलामा, आफ्नो पार्टीको तर्फबाट १७ पटक सम्म हार्ने उम्मेदवार मलाइ बनाउने, अहिले सजिलै प्रधानमन्त्री बन्ने मौका आएको बेलामा चाहिं, अरु नै उम्मेदवार हुने? यस्तो हुँन सक्दैन, अव म नै हुनु पर्छ" (रामचन्द्र पौडेल) । यी माथी उल्लेख गरिएका (शुशिल कोइराला बाहेक) "नेता"हरू आफ्नो दलभित्र र देशभित्र आफु बाहेक आफ्ना समकालीन र आफुनै सरहका अन्य नेताहरूलाई आफु बाचुन्जेल मौका दिनु हुन्न भन्ने स्वचाई राखेको देखिएकै छ । आफ़ुपछी अन्य नेताहरूले आफ्नो दल र देशको नेतृत्व लिएर राम्रो काम गरेमा आफ्नो आफुले पहिलेनै होचो बनाएको ब्यक्तित्वरुपी राजनीतक र सामाजिक कद झन् होचो हुन्छ र आफ्नो ईज्जत रशाताल्तिर पुग्छ कि भन्ने हिनताभावले ग्रष्त हुने मानशिक रोगले पुरै सताएका छन । त्यसैले यिनीहरू आफु असफल भएको प्रमाण प्रष्ट हुँदाहुँदै पनि निर्लज्ज शैलीमा पदको लागी आ-आफ्नो दलभित्र र दलहरू माझ जालझेलको घिनलाग्दो खेलमा लागेका छन् । शुशिल कोइराला यसभन्दा अघी कहिले पनि अवशर नपाएका वा अवशर नदिएका एउटा नेता अबश्य हुन् । उनकोबारेमा अहिलेनै धेरै टिप्पणी गर्नु न्यासंगत हुन्न । 

    यी "नेताहरू"लाइ नेपाल, नेपाली जनता, आफ्नो दल र सोझा र सच्चा कार्यकर्ताहरू भन्दा, आफु, आफ्ना नातागोताहरू, आफ्नो गुट र उपगुटहरू र आफ्न अरौटे र भरौटेहरूको नै बढी चिन्ता र चासो छ । अर्को तथ्य के छ भने, यी माथी उल्लेल्ख भएका सबै नेताहरू परोछ्य वा अपरोछ्य रुपमा भ्रष्टाचारमा संग्लग्न छन् । यिनीहरू मध्ये केहिले आफ़ुनै भ्रष्टाचारमा संलग्न नभए पनि, आफ्ना श्रीमती र अन्य नातागोताहरू, यिनीहरूका दलका आफ्नै गुटका अन्य नेताहरू र यिनीहरूका वरिपरी रहने मौका परश्त "कार्यकर्ता"हरू भ्रष्टाचारमा संलग्न हुँदा आँखा चिम्लेर मौन स्विकृती दिएका सयौं उदाहरणहरू सबै सामु छर्लंग नै छन् । ल भन्नुहोस त साथीहरू, यिनीहरू जस्ता नेताहरूले अव संबिधान निर्माण गर्लान त? ल, आशा गरौँ, तर बिश्वास नगरौं !!

    यदी, एमाले र कांग्रेसका माथी उल्लेख गरिएका आफुलाई "मै मात्र सबैभन्दा जानेको, बुझेको, नेता हुँ, मलाइ सबै कुरा थाहा छ र म मात्र यो काम गर्न सक्छु" भन्ने रुझान (Attitude) भएका मपाईंबादी "नेता"हरूमा साँच्चिकै बुद्धी, आँट र देश, जनता, आफ्ना लाखौँ कार्यकर्ताहरू तथा आफ्नो पार्टी प्रती ईमान्दारी हुन्थ्यो भने, यिनीहरू तत्कालै, तल मैले उल्लेख गरेको अनुशार वा त्यस्तै तरिकाले स्वचाई र योजना बनाएर नयाँ संबिधान निर्माण गर्न लागिसकेका हुन्थे: "हेर्नुहोस साथीहरू, अब सकेसम्म छिटो र सम्भव भएसम्म राम्रो नया संबिधान बानाएर यो संबिधान-सभाको मुख्य उद्देश्य पुरा गरौँ र संबिधान घोषणा भएको लगत्तै, त्यही संबिधान अनुशार अर्को आम निर्बाचन गराउँ । त्यसपछी बिस्तारै सकेसम्म सबै राजनीतिक शक्तीहरू मिलेर, त्यसो नभए मिल्न सकिने केही दलहरू मिलेर त्यो संविधानलाई समयक्रममा परिमार्जित र बढी प्रगतीशील बनाउदै जाउँला । अहिलेलाई जनताको आशा र आदेश अनुशार काम सम्पन्न गरौँ, सके ३ महिना, नभए ६ महिनामा काम सम्पन्न गरौँ, अहिले को ठुलो पार्टी, को सानो वा हरुवा पार्टी, को प्रधानमन्त्री, को राष्ट्रपती, को सभामुख, आदी, ईत्यादी भन्ने जस्ता गलफती र लुठाचुण्डी गरेर विश्व जनमतलाई हँसाउने र नेपाली जनतालाई चिढ्याउने काम नगरौं." 

    नेपालका सामान्य, तर सचेत बुद्दीजीवीहरू माझ आजभोली चर्चा हुने गरेको एउटा खुबै समसामयिक बिषय रहेको छ । नेपालमा "माओबादी" नामधारी एउटा जंगली, हिंश्रक र अराजनीतिक हत्यारा जमात स्थापना हुनमा र तिनीहरूले त्यत्तीलामो अवधी सम्म देशै भरी हत्या, आतंक, यातना, अपहरण र लूटको कालो साम्राज्य कायम गर्न सम्भव हुनका आधारहरू ३ वटा कारणहरू रहेका छन् । पहिलो कारण हो, राणा "शाशन" र ३० बर्षे पंचायत नामको कुशाशनहरू, जसले हामी जनतामाथी राजनैतिक दमन मात्र लादेन, तिनीहरूले जनताका दैनिक जीवनसंग प्रत्यछ्य सरोकार राखने कुनै पनि उल्लेखनीय आर्थिक र सामाजिक कार्यहरू गरेनन । त्यो अवधीमा, देश र जनताले जे जत्ती बिकाश गरे, ती स्वाभाविक रुपमा भए । जसले गर्दा नेपाल युगौं पछी पर्यो र नेपाली जनताले राणा र राजा परिवारहरूको स्तुती गाउनु पर्ने बाध्यता र दमन अनि सोषण बाहेक केहि पाएनन् । त्यस पछी (२०४६ साल देखी १२ बुंदे दिल्ली सम्झौता सम्म) गिरिजा प्रशाद कोइराला र नेपाली कांग्रेसको ((कु) )शाशन, जसले २०४६ शालको राजनीतक परिबर्तन पछी देश र जनताका दैनिक जीवनमा केहि पनि उल्लेखनिय सकारात्मक र राहत्जन्य परिबर्तनहरू ल्याउन चाहेन र सकेन, तर पनि जनता आफ्नै खुबिमा धेरै सचेत हुँदै गए । जनतामाथी अथाह आर्थिक स्वषण र दमन चुलिदै गयो । गिरिजा कोइराला र कांग्रेसले पहिले देखि कायम रहेको यथास्थिलाई कायमनै राखे । त्यसैले त नेपाली कांग्रेस र त्यसका नेताहरूलाई यथास्थितीबादी भन्ने गरिएको हो । त्यत्तीमात्र होइन, यिनीहरूले, विश्व पुन्जीबादको नाईके अमेरिकामा समेत समस्याहरू ग्रष्त तथाकथित आर्थिक उदारीकरण(Economic Liberalization) लाइ नेपालमा जवरजस्त लागुगरेर नेपाली जनतामाथी पहिले देखिने थोपरिएका समश्याहरूलाई "आगोमा घिउ थप्ने काम" गर्यो। कांग्रेस शाशनको पालामा देशको सबै छ्यत्रमा भ्रष्टाचारले आक्रान्त पार्यो । यी कारणहरूले गर्दा जनतामा चरम असन्तोष, आक्रोश, निराशा, बिद्रोही र बदला तथा परिबर्तन भावनाहरू जागृत भए. र निकाशको बैकल्पिक उपायाहरू बारेमा स्वचन बाध्य बनायो । २०४६ साल पछी, स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको मन्त्रीमंडलले देश र जनताका दैनिक जीवनसंग प्रत्यछ्या सरोकार राख्ने अल्पकालीन र दिर्घ कालिन लोकप्रिय र प्रगतीशील कार्यक्रमहरू लागु गर्यो । यी कार्यहरूलाई नेपालका सबै छ्यत्र र पेशाका मानिसहरूले हार्दिक र गहिरो प्रशंशा गरेका थिए । त्यस पछी त नेपालका भए भरका दछीणपन्थी राजनीतिक शक्तीहरू तत्कालिन बिपछ्यका नेता गिरिजा प्रशाद कोइरालाको नेतृत्वमा एकजुट भएर एमाले र मनमोहन अधिकारीका बिरुद्ध खनिए । त्यसको एउटा मात्र र स्पष्ट कारण थियो: "अव एमालेको त्यो अल्पमतको सरकार पुरै ५ बर्ष सम्म टिक्न दियो भने त एमाले सरकारका यस्ता लोकप्रिय कार्यक्रमहरूले गर्दा एमालेले नेपालमा लामो समयसम्म आफ्नो शाशन कायम राख्ने छ, किनभने जनताले राम्रा कामहरूका लागि एमालेलाई नै बारंबार आफ्नो मतले जिताउने छन् र दछीणपन्थी पार्टीहरू (कांग्रेस, र.प्रा.पा., आदीले) ले कम्तीमा आगामी केहि दशकहरूका अवधी भरि आम निर्वाचनहरू र स्थानिय निर्वाचनहरू जित्ने छैन" भन्ने अत्यन्त तिब्र ईर्ष्या र भयले ग्रश्त भए । त्यहि कारणले ति दछीणपन्थी राजनीतिक शक्तीहरू मिलेर र नेपालको सर्बोच्च अदालत समेत लागेर एमाले सरकारलाइ बिघटन गराए । अधिकारीको नेतृत्वमा बनेको त्यो अल्पायु एमाले मन्त्रीमंडलको कार्याबधी आधुनिक नेपालको ईतिहांसमा एउटा स्वर्ण युगको रुपमा मान्यता पाएको छ । दोश्रो कारण हो, नेपाली राजनीतिक आकाशमा एउटा उदाउँदो चम्किलो र होनाहार तारा, अत्यन्त प्रतिभाशाली राजनीतिज्ञ र अत्यन्त लोकप्रिय नेता मदन भण्डारीको रहश्यमय हत्या भए पछी, २०५० साल देखी एमाले पार्टीको सर्बशाक्तिशाली महासचिव पदमा नियुक्ति (सुरुमा एमालेको के.क. ले नियुक्ति गरेको) र निर्बाचित भएर अकन्टक रुपमा माधव कुमार नेपाल (माकुने) २०६४ साल सम्म नेतृत्व गर्ने लामो मौका पाए. उनले त्यो पद सम्हाल्दाको समयसम्म उनै मदन भण्डारीको नेतृत्व कुशलतले गर्दा तत्कालिन मालेबाट एमाले बनेको दल एमाले नेपालको राजनीतिक दलहरू मध्ये सबैभन्दा अनुशासित, संगठित, जन-आधारित र साँच्चिकै अन्तरपार्टी जनबाद अभ्याष गर्ने पार्टी थियो. त्यो बेलासम्म, देशका एक दर्जन भन्दा बढी संख्यामा रहेका बामपन्थी दलहरू माझ एमाले सबैभन्दा ठुलो दल थियो. अरु सबै बामपन्थी दलहरू एकै ठाउँमा मिलाउँदा पनि तत्कालिन एमालेको लम्बाई र चौडाईको १/४ (एक चौथाई) भन्दा साना र छोटा हुन्थिए. यसरि, २०५० सालको वरिपरि एमाले नेपालको बामपन्थी आन्दोलनको मुलधारको रुपमा संचालित भैसकेको र एउटा दलबाट एक आन्दोलनको रुपमा बिकशित हुँदै थियो. माकुनेको अकुशल र असछ्यम नेतृत्वले गर्दा त्यसमा ठुलो अबरोध लाग्न सुरु भयो र त्यो क्रम आजसम्म जारि नै छ र एमाले "माओबादी"को स्तरमा वा अझ तल्लो स्तरमा झरन पुगेको हामी सबैलाई थाहा नै छ. माकुनेले, एमाले जस्तो एउटा देश ब्यापी रुपमा स्थापित वामपन्थीहरूका मुलधार भैसकेको दलको लामो समय नेतृत्व गर्दा उनीबाट यस्ता कमजोरीहरू, गल्तीहरू र अपराधहरू हुनुको पछाडी उनका अल्प-बुद्दी र "आफु बाँचुन्जेल आफु मात्र नेतृत्वमा रहन पाईयोस" भन्ने महत्वाकान्छ्या नै थिए. यिनै कारणहरूले गर्दा लाखौंका संख्यामा रहेका एमालेका सच्चा, दीर्घकालिक, ईमान्दार, अनुशाशित, प्रतिबद्ध, अध्यनशील र सृजनशील नेता अनि कार्यकर्ताहरूका पंक्तिमा व्यापक स्तरमा निराशा, निस्कृयता, असन्तोष र पलायनता छाउन थाल्यो. अझ त्यसमाथी, माकुनेको अकुशल र असफल नेतृत्व तथा माकुनेको चरम महत्वाकान्छ्याहरूले गर्दा एमालेको छैठौं महाधीबेशनको समयमा माकुनेले त्यस बेलाका सोझा-साधा के.पी. ओली र त्यसबेलानै महत्वाकाछ्याले ग्रश्त बामदेव गौतम बीच भयङ्कर अन्तरबिरोध सिर्जना गराए । त्यसको केहि दिन पछी, एक बित्ता भन्दा परको कुराहरू देख्ने बुद्धी नभएको बामदेवले सि. पी. मैनालीको सहयोग लिएर एमालेलाई २ टुक्रा पार्यो । त्यो कुरा के.पी. ओली समेतको पुरा सहयोग पाएर छैंठौं महाधिबेसनबाट पार्टी महासचिब निर्वाचित माकुनेलाई पुरा थाहा थियो । तर पनि, त्यसबेला पार्टी एकता कायम राख्न उसले कुनै गम्भीर प्रयत्न गरेन । यसरी, माकुने र बामदेव गौतमहरूले एमालेका लाखौं समर्थकहरू, सुभेच्छुकहरू, कार्यकर्ताहरू र अन्य नेताहरूलाई नराम्रोसंग रुवाउन्दै एमालेलाई फुटाए । यिनै कारणहरूले गर्दा लाखौंका संख्यामा रहेका एमालेका सच्चा, दीर्घकालिक, ईमान्दार, अनुशाशित, प्रतिबद्ध, अध्यनशील र सृजनशील नेता अनि कार्यकर्ताहरूका पंक्तिमा व्यापक स्तरमा निराशा, निस्कृयता, असन्तोष र पलायनता छाउन थाल्यो र अरु उनीहरू मध्ये धेरै नै क्रमिक रुपमा पार्टीहरूमा गए, खासगरी "माओबादी" दस्तामा पसे । मनमोहन अधिकारीको मन्त्रीमंडल बिघटन गराएपछी अनेक पटक दलहरूका संयुक्त मंत्रेमंडलहरू बन्ने र बिघटन हुने क्रमहरू चल्दै गयो र अन्तमा केहि शिप नलागे पछी फेरी भएको आम निर्बाचनमा एमाले फुटेको कारणले गर्दा कांग्रेस र गिरिजाले संषदमा बहुमत ल्याएर मन्त्रीमंडल बनाए । त्यस बेला यदी, माकुने र बामदेव गौतमहरूले एमाले नफूटाएको भए, एमालेले तत्कालिन सम्षदमा २/३ (दुई-तिहाई) भन्दा बढी स्थानहरू जित्ने थियो र यो "माओबादी"नाम को अपराधीहरूको दस्ता जन्मने थिएन ।यस्तै कारणहरूले गर्दा तत्कालिन एमालेको एउटा ठुलो पंक्ती समय क्रममा एमालेबाट एक पछी अर्को गर्दै बाहिरिए र "माओबादी"मा समाहित भए. यसरी एमालेलाई "माओबादी"हरूलाई आबश्यक पर्ने खारिएका र जुझारु नेताहरू र कार्यकर्ताहरू निर्माण गरेर निर्यात गर्ने एउटा कारखाना मात्र बनायो र विनाशकारी हत्यारा आतंककारी दस्ता अहिलेको अवस्थामा आइपुग्यो. अहिलेको "माओबादी" दस्ताको ६०% "नेता"हरू र कार्यकर्ताहरू पहिलेका एमालेका नै हुन् । यसरी हो माओबादी"हरू बनेको । यसरी "माओबादी" ले यो उत्पात जन्माउनुमा गिरिजा कोइराला र उसको दल कांग्रेसको र माकुनेको ठुलो योगदान रहेको छ । तेश्रो कारण हो, अत्यन्त महत्वाकान्छ्यी र ईर्ष्यालु छविलाल दाहाल(जो आफुलाई पुष्पकमल दाहाल वा "प्रचण्ड" भन्न रुचाउञ्छ) र बाबुराम भट्टराई जस्ता केहि व्यक्तीहरूले नेतृत्व गरिरहेको संयुक्त राष्ट्रिय जनमोर्चा (United National People's Front) नामको एउटा सानो जमातको गठन र उपस्थिती रहेको अवस्था हुनु. यो जमातले केहि समय पछी आफुलाई "माओबादी" भएको घोषणा गर्यो. यही दस्ताले जनताका तिनै माथी चर्चा गरिएका असन्तोष, आक्रोश, निराशा र बिद्रोही भावनाहरूलाई पुँजीकरण (Capitalization) गरेर अनि आफ्ना बिदेशी मालिक भारतीय शाशक मण्डलीको सहयोगमा त्यस्तो हत्या, आतंक, अपहरण, लूट, यातना र भौतिक बिनाशको कालराज्य कायम गरेर यहाँ सम्म आए र अझै पनि बेलाबखतमा धम्कि दिन छोडेका छैनन्. यो धम्कि केहि होइन, यो त कांग्रेस र एमालेका शिर्ष नेतृत्वमा रहेकाहरूको अल्प-बुद्धीको फाईदा लिने काईदा मात्र हो. "माओबादी"हरू नेपाल र नेपाली जनताका बिरुद्ध गरेका अपराधाहरूलाई"महान क्रान्ती" र "महान जनायुद्ध" नाम दिन्छन (नेपालको सार्बभौमिकता माथी २००७ साल भन्दा अघी देखिने गिद्देदृष्टि राखिरहेको भारतीय शाशक मण्डलीले यी आतंककारी र हत्यारा जमातलाइ आर्थिक, बैचारिक र भौतिक सहयोग दियो)।

    यसरी, नेपालमा "माओबादी" हत्या, आतंक, यातना, अपहरण र लूटको कालो राज्य सुरु र कायम हुनका कारणहरू यसरी प्रश्तुत गर्न सकिन्छ: १. तत्कालिन राणाहरू, राजाहरू र गिरिजा कोइराला र कांग्रेस कुशाशनहरूले जनतालाई दिएको बन्दुकहरू (अर्थात, तत्कालिन राणा र राजाहरूको सक्रिय नेतृत्व रहेको पंचायत नामको पिछडिएको निरङ्कुश रानीतिक ब्यबस्थाहरू र त्यसपछी गिरिजा कोइराला र कांग्रेसले सृजना गरेको चरम जन असन्तोष, आक्रोश, निराशा, बिद्रोही र बदला तथा परिबर्तन भावनाहरू) । २. माधव कुमार नेपाल (माकुने) ले प्रदान् गरेको गोलि र बारुद, जसले ति बन्दुकहरू पड्काउँन सकियोस (अर्थात, २०५० साल देखि महासचिव बनेको माकुनेको असफल नेतृत्व रहेको ने.क.पा. (एकीकृत ए.मा.ले.) , जो "माओबादी"हरूलाई अत्यावश्यक पर्ने लामो समय लागेर खारिएका र जुझारु नेताहरू र कार्यकर्ताहरू निर्माण गरेर निर्यात गरिरह्ने कारखाना बन्न गयो, जसले "माओबादी" हरूलाई अत्याबश्यक जनशक्ती छिटो र निशुल्क उपलब्ध गरायो) । ३. त्यसरी गोला-बारुद भरिएर तयार रहेको बन्दुकको घोडा (Trigger) थिची दिने तम्तयार समूह, "माओबादी," जसलाई नेपाल माथी सधैं छेत्रीय हैकमबादी गिद्दे-दृष्टीकोण राखिआएको भारतीय शाशक मण्डलीले सकेसम्मको सबै प्रकारको सहयोग गर्यो. 

    तपाईंहरूले देखिहाल्नु भयो, मैले यो लेख लेख्दै गर्दाको समय वारोपरी नै छबिलाल दाहालले राखेको ५ वटा शर्तहरू मध्ये एमाले र कांग्रेसका माथी उल्लेख गरिएका नेताहरूले ४ वटा शर्तहरू स्वीकार गरेर "माओबादी"हरूको जालमा फेरी पसिसके. तर ति "नेता"हरूमा त्यो जालबाट उम्कने बुद्धी भने छैन. बुद्धु लाउके "नेता"हरू ! तर बिगत ५-६ बर्ष देखी हत्याराहरूका नाइकेहरू र युद्धसरदार्हरहरू - दहाल्, बैध्य र भट्टराईहरूले, आफुमा "असाधरण" खुबी भएको, भनी दावी गर्ने नेताहरुलाई, तीनका कठाला समाएर रयाइ -रयाइ घुमाएर नचाएको बारेमा अझै चेत खुलेको चैन। युद्धसरदार्हरहरू - दहाल्, बैध्य र भट्टराईहरूले यी नेताहरूका कठालो र कान समातेर घुमाको-घुमाई छन्. धिक्कार छ यस्ता बोधो दिमाग भएका "नेताहरूलाई" ! कस्ता अभागी रहेछौ हामी नेपालीहरू र नेपालआमा। एउटा भनाइ छ: बोधो दिमाग भएको मानिसहरूमा साहश हुन्दैन. हेरी रहनु होला साथीहरू, कांग्रेस र एमालेका अहिलेका टाउके हुँ भन्ने नेताहरू (शुशील कोइराला, देउबा, पौडेल, महत, माकुने, झलनाथ खनाल र बामदेव गौतम) लाइ पहिले जस्तै छबिलाल दाहाल, मोहन बैध्य र बाबुराम भट्टराईहरूले अर्को २ बर्ष, ३ बर्ष वा ६ बर्षसम्म बेस्करी रिंगाउने छन्, यदी हामीले ठिक माथी उल्लेख जसतै गर्ने बुद्धी, आँट, चाहना र अशल नियत, आदी नदेखाएमा वा अन्य कुनै चमत्कारिक परिश्थिती सृजना भएन भने, त्यस पछी नेपाली जनताले के देखाईदिने छन्, त्यो बेलामा थाहा पाउने छन् ।यस्ता बुद्दुहरूलाइ नेपाली जगतले "नेता"हरू मान्दिनु रे? यिनै "नेताहरू", आफ्ना समकालिन अन्य नेताहरू, कार्यकर्ताहरू, अनि नेपाली जनतालाई आफुजस्तै बेवकुफ्, अनैतिक्, बेईमान, हूतीहारा र फटाहा ठान्छन। यस्ता मुर्खहरूलाई पनि हामिले नेता भनेर स्विकार्नु परिरहेछ ।थाह छैन्, यी नेताहरू र ती युद्धसरदारहरूले नेपाललाई कङगो, सुडान्, सोमालिया व अफगानिस्तन मध्य कुनचाहि बनाउने हुन । "माओबादी"हरूले आफुलाई ठुलो क्रन्तीकरीहरू हुँ भन्ने भ्रम छर्दै एमाले, कांग्रेस लगायेतका अन्य पार्टी हरूलाई "शम्शद्बादी दलहरू" भन्ने बिल्ला भिड़ाई रहंदा यी बुद्दु एमाले र कांग्रेसका एउटा पनि नेताले त्यसको खण्डन गर्न सकेका छैनन्. के ति हत्यारा र आतंककारीहरूका दस्ता एमाले र कांग्रेस भन्दा कम छ र भन्ने तथ्य बिगत ५-६ बर्ष को अवधीमा देखिएको छैन र? तिनीहरू गणितीय खेल, साम्षदहरू खरिद गर्ने, आदी खेलहरूमा एमाले, कांग्रेस र तराइका पार्टीहरू भन्दा बढी लागेकै थिए. त्यत्ती कुरा भन्ने बुद्दी नभएका काँतर "नेता"हरू! । यी सबै "नेताहरू", आफ्ना समकालिन अन्य नेताहरू, कार्यकर्ताहरू, अनि नेपाली जनतालाई आफुजस्तै बेवकुफ्, अनैतिक्, बेईमान, हूतीहारा र फटाहा ठान्छन । अनि यि नेताहरू कार्यकर्ताहरूलाई आफ्नो दाश र नोकरहरूको रुपमा ब्यबहार गर्छन । के पार्टी कार्यकर्ताहरूले ती "नेताहरू"को खल्तीबाट तलव खाएका छन ? उनिहरूले त स्वयम्सेवकको रुपमा आफ्नो जिवनको महत्त्वपूर्ण समय र अन्य स्रोतहरू निशुल्क लगानी गरेका हुन। ति असछ्यम फटाहाहरूलाई नेताहरू बनाएको पनि त्यही कार्यकर्ताहरू, समर्थकहरू, सुभेच्छुकहरू र जनताहरूले होईनन र? अनि ति मानिसहरूकै बिरुद्ध यत्रो अपराध गर्ने? यस्ता सर्बत्र असफल शिद्ध भएका, भ्रष्ट, पतित, धुर्त, चरम महत्वाकान्छी, सदाबहार पदलोलुप, आफ़ुमरे डुमै राजा होस् भन्ने अपराधी मानाशिकता भएका, बेवकुफ्, अनैतिक्, बेईमान, हूतीहारा, पाखंडी र फटाहा"नेताहरू"लाई पार्टी र राज्यका कुनै पनि पदमा पुन: आउन दिनु हुन्न.

    XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

    यो दोश्रो संबिधान-सभाको लागी भएको निर्वाचनका परिणामहरू पछी त कांग्रेस र एमालेका माथी उल्लेख गरिएका नेताहरूलाइ त फेरी सदाबहार चाहड आए जस्तै भएको देखिंदै छ. अहिले यिनीहरू आ-आफ्ना दल भित्र र एक-अर्का दल बीच पदको हारालुछिमा मरिमेटेर लागिरहेका देखिएको छ । त्यसको लागी आफ्ना दावी र कुतर्कहरू ओकलिरहेका छन्. यी नेताहरूलाई र तिनका दलहरूलाई जनताहरूले "तिमीहरूले राम्रो कामगरेका छौ" भनेर ठुलो दलहरू हुने गरि आफ्नो मतहरू दिएका अवश्य होइनन, यो त "माओबादी"हरू, जातीबादीहरू र छेत्रियताबादीहरूलाई तिनीहरूले देश र जनता बिरुद्ध गरेका अपराधहहरूकालागि जनताले सजायं दिएको कारणले मात्र हो । यिनीहरूलाई जनताले बहुमत दिएका छैनन्, खालि ठुलो पार्टी बनाएर "अब संगै मिलेर काम गर" मात्र भनेका हुन् । यी अल्प-बुद्धीयुक्त नेताहरूले जनताको यो शन्देश बुझेको जस्तो लागिरहेको छैन. 

    तर हामी नेपालीहरू र नेपाल आमाको दुर्भाग्यले त्यस्तो नेता एउटा पनि पाएनौं । मदन भण्डारी आकाशमा बिजुली चम्केको जस्तै गरी नेपाली धरतीमाथी चम्कदै आए र हामीलाई अभागी र टुहुरा बनाएर त्यसै गतीमा अनन्त यात्रामा गए । देश भित्र र बाहिर रहेका नेपाल र नेपाली जनताका शत्रुहरूले मिलेर उहाँलाई मारे । एउटा तथ्य रहश्यपूर्ण छ कि किन एमालेले आफ्नो एक हुनाहार नेताको हत्या भएको २० बर्षको लामो अवधीमा एमाले अनेकौं पटक देशको सर्ब-शक्तीशाली कार्यकारी निकायमा सक्रिय सहभागी हुँदा वा नेतृत्वकारी स्थितीमा पुग्दा पनि, त्यो हत्या-काण्ड बारेमा छाविन आयोग गठन गर्न चासो देखाएन?

    अन्तमा, यहाँ, उल्लेख गर्नु पर्ने एउटा तथ्य छ: समकालीन नेपालमा, धेरै राजनीतिक सवालहरूका बारेमा स्पष्ट र ठीक दृष्टीकोण र दह्रो अडान राख्न सक्ने तथा "माओबादीहरू"का सम्बन्धमा पनि सटिक, यथार्थ तर्क र तथ्यपूर्ण रुपमा र शाहशकासाथ् जनताका सामु प्रश्तुत हुने एउटा मात्र जिउँदो नेता के.पी. ओली हुन् । तर, बडो बिडम्बना यिनै ओलीलाई उनकै पार्टीका माकुने-खनाल-गौतम गुटले अगाडी आउनबाट रोकिराखेका जस्तो देखिएको छ । यो पनि नेपालीकालागी अर्को दुर्भाग्य नै हो । यी ओली मात्र एउटा यस्ता नेता हुन्, जो "माओबादी"हरूले बुन्ने छलछाम, शब्दजालहरू, धाकहरू, धम्कीहरू र धुर्तता रूपी नेपाली आकाशमा छाउने राजनीतिक काला बादलहरूलाई पहिचाहन्ने र छिचल्ने बौद्धिक खुबीयुक्त छन् । यिनी बाहेक माथी उल्लेख गरिएका आफुलाई "मै मात्र हुँ" भन्ने नेताहरू "माओबादी"हरूको जालोमा सजिलै छिर्छन, तर, त्यो जालबाट उम्कने बुद्धी छैन, यो प्रमाणित भएकै कुरा हो । यहाँ मैले ओलीको बारेमा यसो भन्दा साथीहरूले "उनि १००% पूर्ण छन्, उनका कुनै पनि ब्यक्तीगत कमजोरीहरू छैनन्," भन्न खोजेको भनि गलत अर्थमा नबुझ्नु हुन बिनम्र अनुरोध गर्द छु । ओलीको बारेमा कुरा गर्दा केही तथ्यहरूको ख्याल गर्नु पर्छ । पहिलो तथ्य, यस लेखमा चर्चा गरिएका उनका आफ्नैपार्टी (एमाले) का अन्य नेताहरूमध्ये, ओली आहिले सम्म, सम-सामयिक राजनीतिक प्रश्नहरू र समस्याहरूका बारेमा अन्य नेताहरू, जसले बारम्बार दल र सरकार चलाउने मौका पाएर पनि असफल शिद्ध भएका छन्, का तुलनामा उनि बहुत सटिक, तार्किक, स्पष्ट तथा आँटिलो ढंगले दृष्टिकोणहरू राख्न सक्छन, त्यसको साथै समाधानका सम्भावित उपायहरू पनि प्रस्तुत गर्छन। यसरी उनि तुलनात्मक रुपमा (Relatively) बढी सम्भावना भएका नेता हुन् । दोश्रो तथ्य, एमाले भित्र माकुने-खनाल-गौतम गुटले षड्यन्त्र गरेर एमाले र यसपछी देशको नेतृत्व गर्ने अबशरबाट उनलाई लामो समय देखी बन्चित गरिएको छ । यसरी, उनि पार्टी र देशको नेतृत्वमा परिछित (Tested ) भैसकेका नेता होइनन । उनले परिछित हुन् मौका पाउनु पर्छ भन्ने मेरो तर्क हो । कुनै मानिस ब्यबहारमा परिछ्यण नै हुन् नपाइकन "आ, उ पनि उस्तै त हो नि" भनि नकारात्मक स्वचाई राख्नाले र ब्यबहारले नराम्रो परिणाम पैदा गर्छ भनी मेरो राय छ । यस्तो मानिसलाई एक पटक मौका दिएर हेर्नु राम्रो हुन्छ कि भन्ने मेरो आग्रह मात्र हो. यो बाहेक, मैले के.पी. ओलीको बारेमा यसरी खुला ओकालत गर्नु पर्ने कुनै गोप्य र कुत्षित उद्देश्य छैन । 

    मेरो जीवनको एक समयाबधीमा म कुनै एउटा ठुलो दलमा आफ्नो स्वबिबेकले आबद्ध भएर एउटा लामो समयावधी भरि काम गरेर आफ्नो जीवनको अमुल्य समय खर्चेको ब्यक्ती भएको हुँ. अहिले देशमा हामी जस्तै हज्जारौं कार्यकर्ताहरू, भूतपूर्व कार्यकर्ताहरू, जनताहरू र देशको, माथी उल्लेख गरिएका र अन्य केहि भ्रष्ट, फटाहा, अल्प बुद्धीयुक्त, हुतीहारा अत्यन्त महत्वाकान्छी, पाखण्डी र घोर अपराधी नेताहरू कै महत्वाकान्छ्या, लोभ, उनीहरूका आफ्नै पार्टी र देश हाँक्ने असछ्यमता र अकुशल नेतृत्वका कारणले दयनीय हालत भएको देखिंदै आएकोले, यी भ्रष्ट, फटाहा, अल्प बुद्धीयुक्त, हुतीहारा, अत्यन्त महत्वाकान्छी, पाखण्डी र घोर अपराधी "नेता"हरूलाई, तिनीहरूले देश र जनताका बिरुद्ध गरेका अपराधहरूका लागि संचार माध्यमहरू, साथीहरू, बुद्दिजीवीहरू र अन्य चिन्तनशील व्यक्तीहरू मार्फत जनताका समछ्य नंग्याएर जनताहरुलाई सचेत पार्ने र मौका आउँदा यी अपराधी "नेता"हरूलाई जनताले सजायं गर्न सकुन भन्ने एउटा आशाकासाथ् यो र यस्तै अन्य लेखहरू प्रेसित गरेको मात्र हुँ । 

    फेरी उही, 

    दीपक मनराल, शिकागो

Pressure arises for Bangladesh PM after walkover re-election

Opposition leader of Bangladesh Khaleda Zia accused Prime Minister Sheikh Hasina of "murdering democracy" as her arch rival faced growing calls on Tuesday to hold newly fresh polls after a walkover election. US led international pressure for a swift re-run that would include all the major parties, Removing aside Hasina's insistence that a boycott by Zia's opposition difn't undermine her legitimacy.
 
Khaleda Zia, who has been confined to her home for about two weeks, reiterated her calls for Hasina to  let a neutral caretaker government organise the new electiostand aside .she said in a statement released overnight.that "I'm calling on the government to cancel the farcical polls, step down and reach an understanding (with the opposition party) to organise a fair,free  and neutral election under a non-party government. 
 
"Scandalous election on Jan 5 not only demonstrated the people's lack of confidence in the government but also proved that free,fair, credible ,peaceful and participatory elections cannot be held without a non-party neutral government and credible election commission." During Sunday's election,at least 26 people were killed, bloodiest vote in Bangladesh's history, while 100 of opposition supporters set fire to or trashed polling stations.
 
The result was never in doubt, with Hasina's Awami League and a handful of allies winning all the seats being contested.The vote's credibility had been undermined even before polling day as 153 Awami League members or allies were declared elected unopposed to the 300-seat parliament.
 
 Hasina rejected any idea that her legitimacy had been compromised by the absence of Zia's Bangladesh Nationalist Party (BNP) and 20 other opposition parties In a defiant appearance before the press on Monday,.But Zia, in her first comments since the election, said the Awami League had no "moral or constitutional grounds" to hold on to power.The US also called for a new vote that would "credibly express the will" of the people.
 
"With more than a half of the seats uncontested and most of the remainder offering only token opposition, the results of the just concluded elections do not appear to credibly express the will of the Bangladeshi people," said State Department deputy spokeswoman Marie Harf."While it remains to be seen what form the new government will take... we encourage the government of Bangladesh and opposition parties to engage in immediate dialogue to find a way to hold as soon as possible elections that are free, fair, peaceful, and credible."
 
Ban Ki-moon UN leader  was "saddened by the loss of life", his spokesman said.Ban called for the 2 parties "to resume meaningful dialogue and to urgently address the expectations of the people of Bangladesh for an inclusive political process".There was also criticism from the former colonial power Britain, with junior foreign minister Sayeeda Warsi saying "the true mark of a mature, functioning democracy is peaceful, credible elections that express the genuine will of the voters".
 
In a defiant press conference on Monday, Hasina said the opposition election boycott should "not mean there will be a question of legitimacy"."People participated in the poll and other parties participated," she added in reference to a handful of Awami League allies who did stand.Asked about the prospect of sanctions on her government,  "What crimes did we commit that they would impose sanction on us?"Hasina was dismissive, saying.
 
The PM also made clear she was in no mood to extend any olive branches to Zia, her bitter rival for the last two decades, accusing the two-time former premier of stoking the violence."If they come forward to discuss with us, they have to leave all these terrorist activities behind because what they are doing, it is absolutely killing people, killing police, killing innocent people."
 
Any agreement on a new vote carries huge risks for Hasina, with an eve-of-election poll showing she would have lost in a straight contest with the BNP.Analysts expect the standoff will fan the flames after the deadliest year of unrest since Bangladesh broke free from Pakistan in 1971.Since late October, around 180 people have died in electoral violence in a country that has experienced nearly 20 coups since independence. Dhaka (AFP)

Atleast 9 people died in indian train fire near Mumbai

Around nine people were killed in an Indian train fire early Wednesday,  said the reporters, just few weeks back 26 were killed in a train inferno in southeast India as everybody knows.
 Three coaches were ripprd by fire of a train which was  travelling from Mumbai to the northern city part of Dehradun,which results in thick smoke inside the airtight compartments while passengers were sleeping.
"Three coaches got caught fire this morning. All the passengers in the train have been evacuated. " Senior Indian railways official Sharat Chandryan told news channel CNN-IBN.that "This time we cannot speculate the reason for the fire.
Near About ten days ago (on December 28), a fire on an overnight train 23 people had been killed   in southern India as it ripped through a carriage packed with sleeping passengers.
Sad Part is what is the reason behind it? Is the mananagement of the Railway is not Good? Big Question for Indian Railway ?
Any Answer?

Nepal is getting poor.. GUESS HOW?

(ब्यापक परिमार्जन सहित पुन: प्रेसित; साथीहरू, अरु मानिसहरूसंग पनि सक्दो हिस्सेदारी (Share) गर्नु होला)  
 
माडीबा, कसले भन्छ तिमी मरेयौ भनेर?

धन्य रह्यौ महान नेलसन मण्डेला, तिमी युग-युग सम्म जीवित रहने छौ !

दछीण अफ्रिकाका जनताले मण्डेलालाई माया र आदरगरेर "माडीबा" भनेर सम्बोधन गर्द थिए. त्यो नाम उनको जनजातिय (Tribal) नाम हो. जनताले त्यहि नामले उनलाई सम्बोधन गर्न मन पराउँ थिए.

अफ्रिकी जनताका महान नेता र विश्वकोलागी स्थायी प्रेणनाको स्रोत बनेका क्रान्तीकारी महायोद्धा मन्डेलाले एकै पटक २७ बर्ष र त्यो बाहेक पटक-पटक गरी ३८ वर्ष भन्दा बढी झ्यालखानामा बिताएका थिए. त्यो लामो बन्दी जीवनको अतिरिक्त, उनको झन्डै ७० बर्ष भन्दा बढी अबधीको शंघर्षपूर्ण जीवनमा अथाह र कहाली लाग्दो उतार-चढावको मार्ग हिंडे. त्यो के का लागी? स्वतन्त्रता, सामाजिक न्याय र बास्तविक प्रजातन्त्रको लागी. उनले के पाए? उनले जीवनका धेरै महत्वपूर्ण कुराहरू गुमाए. तर उनले धेरै अमुल्य उपलब्धीहरू पाए- स्वतन्त्रता, सामाजिक न्याय र जनतन्त्र, यध्यपि यी कुराहरूलाइ पूर्णता दिन भ्यायनन. उनले त्यत्ती मात्र पाएनन्, दछिण अफ्रिकी जनता, सम्पूर्ण अफ्रिकी महाद्वीपका जनता र विश्वभरका शान्तीकामी, न्यायप्रेमी र स्वतन्त्रा तथा प्रगतीउन्मुख जनताको असिम आदर, साँच्चो माया र अपनत्व पाए. यो भन्दा ठुलो एउटा मानवको लागी के नै चाहियो र? मण्डेलाले दृष्टिगोचर (Vision) मा राखेको र चाहेको प्रजातन्त्र दछीण एशियाका हाल नेपाल, भारत, पाकिस्तान, बंगलादेश, बर्मा लगायतका देशहरू; रसिया, फिलिपिन्स, अफ्रीकाका अन्य देशहरूमा भनि आएको र चलि आएको नाममात्रको बगम्फुसे (Bogus), देखावटी र नक्कली प्रजान्तन्त्र, अर्थात परमपराबादी र पट्यारलाग्दो "प्रजातन्त्र" थिएन (“Do nothing” democracy). उनले चाहेको प्रजातन्त्र एउटा प्रगतीशील प्रजातन्त्र, हो, जसमा आम जनताले ब्यक्तीगत स्तरमानै आफ्नो दैनिक आर्थिक, सामाजिक र राजनीतक जीवनमा प्रत्यछ्य र सकारात्मक फलहरू अनुभव गर्न पाउन र ए.एन.सी. को मुख्य लछ्य तत्काल रंगभेदबादको अन्त्य गर्नु मात्र थिएन. उसको लछ्य त्यस्तो प्रजातन्त्र स्थापना गर्नु थियो र छ. यस्तो प्रजातन्त्र र यस्तो राजनीतिक ब्यबस्था सम्भव छ भन्ने तथ्यको पुष्टी उत्तरी युरोपमा रहेका Scandinavian देशहरू र अन्य केहि देशहरूका नेताहरू, राजनीतिक दलहरू र जनताले बिगत लामो समयदेखि आफ्नो देशहरूमा लागु गरेको बर्तमान समय साछी छ. मन्डेलाले परिकल्पना गरेको प्रजान्त्र त्यही हो. उनको प्रजातन्त्रमा छबिलाल दाहाल, हिशिला यमी, बाबुराम भट्टराई, आदी जस्ता युद्ध-सरदारहरू (Warlords) र नव-धनाड्यहरू; खुम बहादुर खड्गा, पूर्ण बहादुर खड्गा, गोबिन्दराज जोशी, बिजय कुमार गच्छेदार, हृदयश त्रिपाठी, हेम बहादुर मल्ल, नेत्र बिक्रम थापा, राजेन्द्र महतो, आदी जस्ता शामन्त र जमिन्दारहरू, जो बिहारको लालु प्रसाद यादवका नेपाली संस्करणहरू हुन्; छबिलाल दाहाल, हिशिला यमी, बाबुराम भट्टराई, चिरन्जीवी वाग्ले, जय प्रकाश आनन्द गुप्ता, सुर्य बहादुर थापा, बिजय कुमार गच्छेदार, हृदयश त्रिपाठी, खुम बहादुर खड्गा, पूर्ण बहादुर खड्गा, गोबिन्दराज जोशी, जस्ता जीवनभर झुट बोलेर नथाक्ने फटाहा र आफ्नो प्रभाव र सरकारी पदको दुरुपयोग गरेर देशको सम्पती लुटेर धनी भएका नव-धनाड्यहरू; पटक-पटक र/वा लामो समयावधीकालागि आफ्नो राजनीतिक दल र/वा मन्त्रीमंडलको नेतृत्व गर्ने मौका पाउँदा समेत देश र जनताका लागि कुनै ठोश कार्यहरू गर्न नसकेको भनि प्रमाणित भएका, अर्कोतर्फ़ आफुलाई सर्बज्ञानी र आफ़्न्नै दलभित्र र देशमा आफूमात्र योग्य ठान्ने शेर बहादुर देउबा, माधव नेपाल, झलनाथ खनाल, आदी जस्ता घोर अयोग्य, महत्वाकान्छ्यी, पाखण्डी र निर्लज्ज "नेता"हरू (“Good for nothing” leaders); शामंतबाद्को संस्थागत प्रतिनिधी रहेको मृत राजतन्त्रको ओकालत गर्ने, टाउको पछिल्तिर फर्केको, धुर्त र फटाहा प्रमाणित कमल थापा जस्ता "नेता"हरू; आफुलाई "सर्बहारा बर्गका नेताहरू" भनाउन रुचाउने, आफुलाई खुबै "प्रगतीशील, सामाजिक न्यायको पछ्यपाती र गरिब तथा निमुखाहरूको पछ्यको राजनितीको ओकालत गर्छु" भन्दै आफ्नो ब्यबहारमा भने ठिक बिपरित चरित्रहरू [अर्थात, पाखण्डीपना= (Hypocrisy)] देखाईरहेका, छबिलाल दाहाल, हिशिला यमी, बाबुराम भट्टराई, झलनाथ खनाल, बामदेव गौतम, भरतमोहन अधिकारी, ईश्वर पोख्ररेल, प्रदिप नेपाल, भिम बहादुर रावल, पोष्ट बहादुर बोगटी, कृष्ण बहादुर र अन्य असंख्य "नेताहरू" र "कार्यकर्ताहरू"; बैध्य "माओबादी" गुटका चन्द्र प्रकाश गजुरेल, पम्फा भुषाल, राम बहदुर थापा मगर ("बादल"); ने.क.पा.(मा.ले.) का सी.पी. मैनाली, आदी जस्ता पाखण्डी "नेताहरू" र देशमा आफुलाई र आफूमात्र "प्रजातन्त्रको मसियाह" ठान्ने, तर ब्यबहारमा आफ्नै दलभित्र, अरु दलहरूसंग र जनतासंगको व्यवहारहरूमा भने कहिले पनि प्रजातान्त्रिक आचरणहरू अभ्याष गर्ने बिगत तथा बर्तमान ईतिहांस नभएको, देशमा भ्रष्ट्राचार, पूर्वाग्रह, अकर्मन्यता, यथास्थितीबाद, आदी स्थापित गर्ने, नेपालमा शामंतबाद र पुन्जीबादको मिश्रित प्रतिनिधीत्व गरिआएको नेपाली कांग्रेसका नेताहरू गिरिजा कोइराला (मृत), रामचन्द्र पौडेल, शेर बहादुर देउबा लगायत जस्ता पाखण्डी "प्रजातन्त्रबादी" "नेता"हरूले राजनीतिमा जन्मने वा त्यसमा खेल्ने ठाउँ पाउने छैनन् तथा जुन प्रजातन्त्रमा मुड्की, बन्दुक, कुतर्क, फट्याई, अनैतिकता र मूर्खताले होइन, बरु तथ्य, तर्क, नैतिकता, मानविय सम्बेदनाशिलता, जिम्मेवारी बोधको भावना र बिधीहरूले प्रभुत्व जमाउने छन. यस्तो श्रेणीको प्रजातन्त्र यो लेखकले ति Scandinavian देशहरूमा आफैले देखेर र बुझेर आएको थियो. म त्यहाँ पुगेर देख्दा र बुझ्दै जाँदा त आफुलाई जिउन्दै स्वर्ग पुगेको जस्तो अनुभुती भयो. यसैलाई भन्छन प्रगतीशील प्रजातन्त्र (Progressive Democracy or the genuine democracy). स्मरण रहोस साथीहरू, यहाँनेर मैले कुनै काल्पनिक (Utopian) राजनीतिक, आर्थिक र सामाजिक ब्यबस्थाको कुरा गरिरहेको छैन. यो बास्तविकता नै हो, जुन म स्वयंले अवलोकन गरेको तथ्य हो.

७० बर्ष भन्दा बढी अबधीको अत्यन्त कठोर संघर्ष र ३८ बर्षको झ्यालखानाको बासमा रहंदा पनि र दछिण अफ्रिकी जनताले चाहना गर्दा गर्दै पनि मण्डेलाले एक पटक भन्दा बढी राष्ट्रपती हुन चाहेंनन र देशमा एक अभिभावक राजनेताको हैशियतमा रहन रुचाए. जनताले उनलाई "तपाईं अब बाचुन्जेल देशको राष्ट्रपती हुनुपर्छ" भनि आग्रह गरेका थिए. तर, मन्डेलाले भने: "हेर्नुस, म मण्डेलालाई यो देशको राष्ट्रपती भैदियोस भन्ने तपाईंहरूको इच्छा मैले पुरागरिदिसकें. अब अरु नेताहरूलाई पनि जांच गर्ने र अन्य नेताहरूलाई पनि मौका दिनु राम्रो होला कि भन्ने मेरो बिचार छ. के थाहा? उहाँहरू म भन्दा बढी अशल र सछ्यम पो हुनु हुन्छ कि !" भनि महानता दर्शाए. बाचुन्जेल आफुनै देश, सरकार र दलका नेता हुनु पर्छ भन्ने अन्य धेरै देशहरूका नेताहरूले स्थापित गरेका अबिकषित र असभ्य परम्परालाइ त्यागे. उनले देशका अन्य नेताहरूलाई मौका दिन चाहे र त्यसको लागी आफु दृष्टान्त बनेर देखाए र देश, जनता र आफ्नो राजनीतक संगठन ए.एन.सी. (A.N.C.= African National Congress) र त्यसका अन्य नेताहरू प्रती महान भरोसा र बिश्वास प्रकट गरे. आज दछीण अफ्रीकामा ए.एन.सी. (A.N.C.) एउटा राजनीतिक दलको रुपमा मात्र होइन, यो एउटा आन्दोलनको रुपमा (As a movement), त्यहाँका सबै सम्प्रदायका, सबै धर्ममा आश्था राख्नेहरूका र देशका सबै भूभागहरूमा स्थापित संस्था रहेको छ. त्यस्तो हुनमा मण्डेला र उनि जस्तै समकालीन अन्य नेताहरूका दुरगामी र बिशेष भूमीकाकै कारणले सम्भव भएको हो. ए.एन.सी. काला सम्प्रदायमा मात्र होइन, गोरा र अन्य सम्प्रदायमा पनि उत्तीकै स्थापित छ. सन् १९०५ मा स्थापित ए.एन.सी.को १०८ बर्षे अवधीको आधा भन्दा बढी समय यो वा त्यो रुपमा मण्डेलाकै नेतृत्वमा चल्यो. उनले शान्तीपुर्ण आन्दोलन देखी सशक्त सशश्त्र आन्दोलनहरू (Armed movements) हाँके. शान्तीपुर्ण आन्दोलनहरूमा तत्कालिन घोर दछिणपन्थी प्रतिक्रियाबादी श्वेत शाशकहरूले अत्यन्त निर्मम दमन गरिरह्यो. हज्जारौं निहत्था मानिसहरू मारिएको मारियै भए. अनि त मन्डेला र उनका समकालीन अन्य महायोद्धाहरूले पनि बाध्य भएर सशश्त्र आन्दोलनको बाटोमा हिड्नै पर्यो. मन्डेला गान्धीवादी थिए भनेर पश्चिमी र भारतीय संचार-माध्यमहरू भ्रमपूर्ण प्रचार गरेका छन्. तत्कालिन अंग्रेज शाशित भारतमा नै काम नलाग्ने सावित भएको "गान्धीबाद" मण्डेलाको देशमा झन् काम नलाग्ने भयो नै. यथार्थमा, मण्डेला गान्धीवादी थिएनन्. कसैले आफुलाई गान्धीसँग तुलना गरेको र गान्धीसँग आफुलाई जोडेको कुराहरू मण्डेलालाई मन पर्दैन थियो. हो, एउटा कुरा के भने, मन्डेला आन्दोलनमा सकेसम्म एउटा पनि मानव जीवन खेर नजावस भन्ने चाहना राख्द थिए र प्रयाश गर्थे. उनले नचाहँदा नचाहँदै पनि प्रतिक्रियाबादी श्वेत शाशकहरूले हतियार-बिहिन र शान्तीपूर्ण आन्दोलनकारीहरूलाई एकै पटक सयौं र हज्जारौं संख्यामा मार्ने गर्दथिए. त्यसपछी, ए.एन.सी. का धेरै समर्थकहरूले र उसका युवा कार्याकर्ताहरूले सशश्त्र आन्दोलनको बाटोमा हिड्न बारम्बार र लामो आग्रह गरे पछी मण्डेला सशश्त्र आन्दोलनको बाटोमा हिड्न सहमत भए. यसरी मण्डेला सशश्त्र आन्दोलनको बाटोमा पनि हिंडेका थिए. शान्तीपूर्ण आन्दोलननै उनको बाटो थियो, तर पनि हतियार उठाउनु उनको बाध्यता थियो. अर्को कुरा, गान्धी क्रान्तिकारी थिएनन्, मण्डेला क्रान्तिकारी थिए. गान्धीको "अहिन्शामात्मक" आन्दोलन दछीण अफ्रीकामा असफल भए पछी उनि भारत आएका हुन् र त्यहाँ पनि अहिन्शामात्मक" आन्दोलन सुरुगरेका थिए. तर, अंग्रेज शाशकहरूले गान्धीलाई टेर पुछ्छर लगाएनन. तत्कालिन भारतमा गान्धीका समकालीन अर्का ठुला र ज्यादै जाज्वल्यमान, तर चर्चामा आउन नदिईएका ज्यादै लोकप्रिय क्रान्तिकारी नेता नेताजी सुभाष चन्द्र बोसको अंग्रेज बिरोधी सफल र लोकप्रिय रणनितीहरूले गर्दा मात्र अंग्रेजले डराएर भारत छाडेका थिए. यो तथ्य भारतको ईतिहांसबाट उद्देश्यमूलक ढंगले गायब पारिएको छ. नेताजी सुभाष चन्द्र बोस गान्धी भन्दा ३० बर्ष कान्छा थिए, तर उनको लोकप्रियताले गर्दा गान्धी-नेहरु जस्ता नेताहरूले नचाहँदा नचाहँदै पनि उनि २ पटक तत्कालिन भारतीय राष्ट्रिय कांग्रेस दलको नेता चुनिए. तर षड्यन्त्रपूर्वक उनलाई राजिनामा दिन बाध्य पारियो.

मण्डेलाको अर्को एउटा विशेषता थियो: उनि सबै प्रकारहरूका (आर्थिक, नैतिक र सामाजिक) भ्रष्टाचार (भ्रष्ट+आचरण=भ्रष्ट+आचार ) वा भ्रष्ट ब्यबहारहरूका सख्त बिरोधी थिए र त्यो कुरा उनले ब्यबहारमा देखाएका थिए. उनले केहि प्रशंगहरूमा भनेका थिए: "एउटा राजनीतक आन्दोलन, एउटा राजनीतक दल र एउटा राजनीतिक नेताकोलागी आफ्ना कार्यकर्ताहरू र जनताका बिश्वास, समर्थन र माया सबैभन्दा मुल्यवान, भरपर्दो तथा शक्तीशाली हतियारहरू हुन. यदी हामीले भ्रष्ट र पतित भएर आफ्ना कार्यकर्ताहरू र जनताको चित्त दुखायौं भने, हामी ले सबै कुराहरू गुमाउन पुग्ने छौं र हामी हात-खुट्टा नभएका, आँखा, नाक, कान नभएका मानिस जस्तै केही गर्न नसक्ने हुन्छौं.” उनको यही मान्यताकै कारण, उनि राष्ट्रपती भएपछी भ्रष्टाचारमा मुछिएकी, ३३ वर्षसम्म आफ्नो श्रीमती रहेकी र सरकारमा सांस्कृती र बिज्ञान तथा प्रबिधी उपमन्त्री रहेकी विन्नि मण्डेलालाइ सरकारी नियम र कानुन अनुशार कारवाही गर्न लगाए, मंत्री पदबाट निकाले. त्यत्ती मात्र होइन, उनले श्रीमतीबाट परपार्चुके नै गरे, जुनबेला उनि ८२ वर्षका थिए. त्यसका अतिरिक्त, त्यसबेला ए.एन.सी. को तर्फाबाट मंत्री रहेका केही व्यक्तीहरू, जो भ्रष्टाचारमा मुछिएका थिए, उनीहरू सबैलाई आरोप लाग्ने बित्तीकै पदमुक्त गरे. विन्नि मण्डेला समेत अन्य केही मन्त्रीहरू कानुन अनुशार झ्यालखाना पनि जाकिए. यसरि, मन्डेलाले आफ्नी श्रीमती, ए.एन.सी. को महिला विभागकी प्रमुख र मंत्री, अन्य व्यक्तीहरूलाई आफ्नो आन्दोलनका महत्वपूर्ण केन्द्रिय सदश्य रहेका, तर भ्रष्टाचारमा लागेकाहरू माथीको कानुनी कारबाहीहरूमा हस्तछ्यप गरेनन र उनीहरूलाई कानुनबाट उम्काउन लागेनन. त्यसपछी, उनि पछी जो ब्यक्ती राष्ट्रपती भए, उनिलाइ पनि भ्रष्ट्राचार आरोप लाग्यो. मन्डेलाले उनलाई तुरुन्तै राजिनामा दिन सुझाव दिए र ती ब्यक्तीले आफ्नो कार्यकाल नसकिंदै राजिनामा दिए. उनि राष्ट्रपती हुन् अगावै विश्व जनताका आदरणीय र प्यारो बनिसकेका मण्डेलालाइ उनको आन्दोलन, दल, सरकार र समाजमा हुने भ्रष्ट्राचारहरू प्रतीको स्पष्ट र कठोर दृष्टिकोण तथा ब्यबहारहरूले उनको महानातामा सुघन्ध थप्यो. उनि भन्ने गर्थे "हेर्नुहोस, भ्रष्टाचारले त्यसो गर्ने नेतालाई मात्र आफ्ना कार्यकर्ताहरू र जनता माझ गिराउन्दैन, त्यसले एउटा महान उद्देश्य लिएको हाम्रोजस्तो आन्दोलन र दलहरूलाई पनि पतन गराउञ्छ. हाम्रा कार्यकर्ताहरू र जनताले हामीलाइ गरिआएको बिश्वास, आदर, समर्थन र अगाध माया हामीले गुमाउने छौं. त्यसपछी सामाजिक न्याय, स्वतन्त्रता र हामीले हांशील गर्न लागेको वा हांशील गरेको बास्तविक जनतन्त्र माथी जनताका शत्रुहरूले धावाबोलने छन्, जनताका शत्रुहरू बलियो हुने छन् र हामीलाई गिज्याउन्दै हाँस्ने छन्.” यहाँनेर, एउटा प्रष्ट हुनु पर्ने तथ्य के छ भने मण्डेला रंगभेद दिरुद्ध मात्र लडेका थिएनन्. उनि रंगभेदका साथै मानवद्वारा मानवमाथी हुने सबैखाले अन्यायहरूका बिरुद्ध लडेका थिएँ र समानता, स्वतन्त्रता र एउटा प्रगतीशील समाजका स्थापना गर्नलागि लडेका थिए । रंगभेद उनको र ए.एन.सी. को समग्र क्रान्तीको एउटा महत्वपूर्ण तारो थियो । क्रान्तिकारी महायोद्धा माडिबाको विचारधारा भन्दा पनि उनको ब्यक्तीतित्वबाट प्रभावित हुने विश्वका थुप्रै व्यक्तीहरूमा स्वयम् दछीण अफ्रीकाका तत्कालिन राष्ट्रपती (जो मण्डेला राष्ट्रपती हुनु भन्दा ठिक अघी सम्म राष्ट्रपती थिए) फ्रेदेरिक विल्लेम दे क्लेर्क (Frederick Willem de Clerk) स्वयम् पनि थिए । क्लेर्कले मण्डेला राष्ट्रपती चुनिए पछी बडो रुचि र गर्वकासाथ् मण्डेलाको नेतृत्वमा बनेको सरकारमा हिजो सम्म स्वयम् राष्ट्रपती रहिआएको मानिस उपराष्ट्रपती भएर मण्डेलालाई सहयोग गरे । क्लेर्क यहि राष्ट्रपती थिए जसले केहि समय अघी सम्म मण्डेलालाई झ्यालखानामा कोचिराखेका थिए । पछी त्यहि मानिस राष्ट्रपतीबाट स्वेच्छाले झरेर गर्वकासाथ मण्डेलाको उपराष्ट्रपती भए । यस्तो यस अघी मानव ईतिहांसमा कहिले पनि भएको थिएन र शायद फेरी हुन्दैन होला ।

एकातिर कुनै महामानवको जीवन यस्तो छ भने, अर्कोतिर, हाम्रो देशमा आफ्नो देश, दल र राष्ट्रको नेतृत्व गर्न बारम्बार र लामो मौकाहरू पाउँदा पनि ति सबै छेत्रहरूमा पटक-पटक नै असफल प्रमाणित भैसकेका र नेपाली जनतामाझ घृणा, हाँसो, ठट्टा र आक्रोशका पात्रहरू बनिसकेका भ्रष्ट, पतित, पाखण्डी र हुतीहारा प्रमाणित "नेताहरू" भने जुनसुकै मौका आउँदा पनि पुन: आफुनै प्रधानमन्त्री, राष्ट्रपती, मंत्री, दलको महासचिव, दलको अध्यछ्य, आदी, ईत्यादी हुन पाउनु पर्ने दावी गर्न र त्यसको लागी अनेक षडयन्त्र, धाक-धम्की, घुर्की, आन्तरिक मारामार, आफ्नै दलका आफूसरहका अन्य नेताहरूका बिरुद्ध गुटबन्दी र घिनलाग्दो गठबन्धन गरेर आफ्नै दल, आफनै कार्याकर्ताहरू, आफ्नो देश र जनता बिरुद्ध जस्तासुकै घात गर्न कहिलै डर र लाज मान्न छोडदैनन् । अनि, आफुले पद नपाउने वित्तीकै "बिदेशी शक्तिले हस्तछ्यप गरेकोले मैले यो हुन पाइन, त्यो हुन पाइन" भनेर बर्बराउन थाल्ने मानशिक रोगले आक्रान्त छन् । कुवाका भ्यागुताजस्ता मानशिक्तायुक्त बबुराहरू ! "कहाँको महापण्डित जगत् प्रशाद, कहाँको अँधेरी गाउँको बाह्रखरे लाम्घांटे ज्योतिषी" भने जस्तै कहाँको नेलसन मण्डेला, कहाँको हाम्रा नेपालका स्वनामधन्य "नेता"हरू ! यो भनाइ हिजोका नेपालका राजाहरूलाई पनि लागु हुन्छ नै । यसै शंदर्भमा, हालशालै हाम्रा केहि "नेताहरू"ले भनेका वा भन्न लगाएका र संचार माध्यमहरू मार्फत आएका भनाइहरू उद्दरण गर्नु उपयुक्त ठहर्ला कि जस्तो लागेको छ । कुनै एउटा दलको एउटा शिर्ष नेता आफुलाई "नेताहरूका पनि नेता," "राष्ट्रका नेता" घोषित गर्छ. त्यही नेता भर्खर सम्पन्न निर्वाचनको शिलशिलामा "म अव तपाईंहरूका राष्ट्रपती भैसकें, औपचारिक घोषणा हुन मात्र बाँकी छ" (एमाओबादीका "नेता" छबिलाल दाहाल). त्यसैगरी निर्वाचनको प्रचार-प्रशारको शिलशिलामा अर्को दलका नेता कुर्लन्छ "बुझ्यौ, अब मेरो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार म नै हो र म मात्र हुँ, अब प्रधानमन्त्री हुने पालो मेरो हो नै हो" (बामदेव गौतम)। अनि त्यही दलको बरिष्ट नेता चुनावको नतिजा बाहिर नआइसक्दै "म प्रधानमन्त्री हुँ तयार भैसकें" भन्छ (माधव नेपाल) र त्यही दलको शिर्ष नेता "बुझ्नु भो! म हाम्रो पार्टीको अध्यछ्य रहुन्जेल, आफ्नो पार्टीको अर्को कुनै नेतालाई प्रधानमन्त्री हुँ दिन्न"(झलनाथ खनाल) भन्दै कुर्लन थाल्छ. फेरी अर्को दलको एउटा बरिष्ट नेता भन्छ "हेर्नुहोस, म ३ पटक प्रधानमन्त्री भैसकेको नेता । त्यसैले, म मात्र प्रधानमन्त्री हुन योग्यता भएको नेता हुँ । अरु होइन । त्यसो भएको हुनाले, म नै खास उम्मेदवार हुँ" (शेर बहादुर देउबा) । त्यही पार्टीको अर्को उपनेताजी भन्छ " हिजो अप्ठ्यारो, हार्ने सम्भावना भएको बेलामा, आफ्नो पार्टीको तर्फबाट १७ पटक सम्म हार्ने उम्मेदवार मलाइ बनाउने, अहिले सजिलै प्रधानमन्त्री बन्ने मौका आएको बेलामा चाहिं, अरु नै उम्मेदवार हुने? यस्तो हुँन सक्दैन, अव म नै हुनु पर्छ" (रामचन्द्र पौडेल) । यी माथी उल्लेख गरिएका (शुशिल कोइराला बाहेक) "नेता"हरू आफ्नो दलभित्र र देशभित्र आफु बाहेक आफ्ना समकालीन र आफुनै सरहका अन्य नेताहरूलाई आफु बाचुन्जेल मौका दिनु हुन्न भन्ने स्वचाई राखेको देखिएकै छ । आफ़ुपछी अन्य नेताहरूले आफ्नो दल र देशको नेतृत्व लिएर राम्रो काम गरेमा आफ्नो आफुले पहिलेनै होचो बनाएको ब्यक्तित्वरुपी राजनीतक र सामाजिक कद झन् होचो हुन्छ र आफ्नो ईज्जत रशाताल्तिर पुग्छ कि भन्ने हिनताभावले ग्रष्त हुने मानशिक रोगले पुरै सताएका छन । त्यसैले यिनीहरू आफु असफल भएको प्रमाण प्रष्ट हुँदाहुँदै पनि निर्लज्ज शैलीमा पदको लागी आ-आफ्नो दलभित्र र दलहरू माझ जालझेलको घिनलाग्दो खेलमा लागेका छन् । शुशिल कोइराला यसभन्दा अघी कहिले पनि अवशर नपाएका वा अवशर नदिएका एउटा नेता अबश्य हुन् । उनकोबारेमा अहिलेनै धेरै टिप्पणी गर्नु न्यासंगत हुन्न ।

 यी "नेताहरू"लाइ नेपाल, नेपाली जनता, आफ्नो दल र सोझा र सच्चा कार्यकर्ताहरू भन्दा, आफु, आफ्ना नातागोताहरू, आफ्नो गुट र उपगुटहरू र आफ्न अरौटे र भरौटेहरूको नै बढी चिन्ता र चासो छ । अर्को तथ्य के छ भने, यी माथी उल्लेल्ख भएका सबै नेताहरू परोछ्य वा अपरोछ्य रुपमा भ्रष्टाचारमा संग्लग्न छन् । यिनीहरू मध्ये केहिले आफ़ुनै भ्रष्टाचारमा संलग्न नभए पनि, आफ्ना श्रीमती र अन्य नातागोताहरू, यिनीहरूका दलका आफ्नै गुटका अन्य नेताहरू र यिनीहरूका वरिपरी रहने मौका परश्त "कार्यकर्ता"हरू भ्रष्टाचारमा संलग्न हुँदा आँखा चिम्लेर मौन स्विकृती दिएका सयौं उदाहरणहरू सबै सामु छर्लंग नै छन् । ल भन्नुहोस त साथीहरू, यिनीहरू जस्ता नेताहरूले अव संबिधान निर्माण गर्लान त? ल, आशा गरौँ, तर बिश्वास नगरौं !!

 यदी, एमाले र कांग्रेसका माथी उल्लेख गरिएका आफुलाई "मै मात्र सबैभन्दा जानेको, बुझेको, नेता हुँ, मलाइ सबै कुरा थाहा छ र म मात्र यो काम गर्न सक्छु" भन्ने रुझान (Attitude) भएका मपाईंबादी "नेता"हरूमा साँच्चिकै बुद्धी, आँट र देश, जनता, आफ्ना लाखौँ कार्यकर्ताहरू तथा आफ्नो पार्टी प्रती ईमान्दारी हुन्थ्यो भने, यिनीहरू तत्कालै, तल मैले उल्लेख गरेको अनुशार वा त्यस्तै तरिकाले स्वचाई र योजना बनाएर नयाँ संबिधान निर्माण गर्न लागिसकेका हुन्थे: "हेर्नुहोस साथीहरू, अब सकेसम्म छिटो र सम्भव भएसम्म राम्रो नया संबिधान बानाएर यो संबिधान-सभाको मुख्य उद्देश्य पुरा गरौँ र संबिधान घोषणा भएको लगत्तै, त्यही संबिधान अनुशार अर्को आम निर्बाचन गराउँ । त्यसपछी बिस्तारै सकेसम्म सबै राजनीतिक शक्तीहरू मिलेर, त्यसो नभए मिल्न सकिने केही दलहरू मिलेर त्यो संविधानलाई समयक्रममा परिमार्जित र बढी प्रगतीशील बनाउदै जाउँला । अहिलेलाई जनताको आशा र आदेश अनुशार काम सम्पन्न गरौँ, सके ३ महिना, नभए ६ महिनामा काम सम्पन्न गरौँ, अहिले को ठुलो पार्टी, को सानो वा हरुवा पार्टी, को प्रधानमन्त्री, को राष्ट्रपती, को सभामुख, आदी, ईत्यादी भन्ने जस्ता गलफती र लुठाचुण्डी गरेर विश्व जनमतलाई हँसाउने र नेपाली जनतालाई चिढ्याउने काम नगरौं."

नेपालका सामान्य, तर सचेत बुद्दीजीवीहरू माझ आजभोली चर्चा हुने गरेको एउटा खुबै समसामयिक बिषय रहेको छ । नेपालमा "माओबादी" नामधारी एउटा जंगली, हिंश्रक र अराजनीतिक हत्यारा जमात स्थापना हुनमा र तिनीहरूले त्यत्तीलामो अवधी सम्म देशै भरी हत्या, आतंक, यातना, अपहरण र लूटको कालो साम्राज्य कायम गर्न सम्भव हुनका आधारहरू ३ वटा कारणहरू रहेका छन् । पहिलो कारण हो, राणा "शाशन" र ३० बर्षे पंचायत नामको कुशाशनहरू, जसले हामी जनतामाथी राजनैतिक दमन मात्र लादेन, तिनीहरूले जनताका दैनिक जीवनसंग प्रत्यछ्य सरोकार राखने कुनै पनि उल्लेखनीय आर्थिक र सामाजिक कार्यहरू गरेनन । त्यो अवधीमा, देश र जनताले जे जत्ती बिकाश गरे, ती स्वाभाविक रुपमा भए । जसले गर्दा नेपाल युगौं पछी पर्यो र नेपाली जनताले राणा र राजा परिवारहरूको स्तुती गाउनु पर्ने बाध्यता र दमन अनि सोषण बाहेक केहि पाएनन् । त्यस पछी (२०४६ साल देखी १२ बुंदे दिल्ली सम्झौता सम्म) गिरिजा प्रशाद कोइराला र नेपाली कांग्रेसको ((कु) )शाशन, जसले २०४६ शालको राजनीतक परिबर्तन पछी देश र जनताका दैनिक जीवनमा केहि पनि उल्लेखनिय सकारात्मक र राहत्जन्य परिबर्तनहरू ल्याउन चाहेन र सकेन, तर पनि जनता आफ्नै खुबिमा धेरै सचेत हुँदै गए । जनतामाथी अथाह आर्थिक स्वषण र दमन चुलिदै गयो । गिरिजा कोइराला र कांग्रेसले पहिले देखि कायम रहेको यथास्थिलाई कायमनै राखे । त्यसैले त नेपाली कांग्रेस र त्यसका नेताहरूलाई यथास्थितीबादी भन्ने गरिएको हो । त्यत्तीमात्र होइन, यिनीहरूले, विश्व पुन्जीबादको नाईके अमेरिकामा समेत समस्याहरू ग्रष्त तथाकथित आर्थिक उदारीकरण(Economic Liberalization) लाइ नेपालमा जवरजस्त लागुगरेर नेपाली जनतामाथी पहिले देखिने थोपरिएका समश्याहरूलाई "आगोमा घिउ थप्ने काम" गर्यो। कांग्रेस शाशनको पालामा देशको सबै छ्यत्रमा भ्रष्टाचारले आक्रान्त पार्यो । यी कारणहरूले गर्दा जनतामा चरम असन्तोष, आक्रोश, निराशा, बिद्रोही र बदला तथा परिबर्तन भावनाहरू जागृत भए. र निकाशको बैकल्पिक उपायाहरू बारेमा स्वचन बाध्य बनायो । २०४६ साल पछी, स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको मन्त्रीमंडलले देश र जनताका दैनिक जीवनसंग प्रत्यछ्या सरोकार राख्ने अल्पकालीन र दिर्घ कालिन लोकप्रिय र प्रगतीशील कार्यक्रमहरू लागु गर्यो । यी कार्यहरूलाई नेपालका सबै छ्यत्र र पेशाका मानिसहरूले हार्दिक र गहिरो प्रशंशा गरेका थिए । त्यस पछी त नेपालका भए भरका दछीणपन्थी राजनीतिक शक्तीहरू तत्कालिन बिपछ्यका नेता गिरिजा प्रशाद कोइरालाको नेतृत्वमा एकजुट भएर एमाले र मनमोहन अधिकारीका बिरुद्ध खनिए । त्यसको एउटा मात्र र स्पष्ट कारण थियो: "अव एमालेको त्यो अल्पमतको सरकार पुरै ५ बर्ष सम्म टिक्न दियो भने त एमाले सरकारका यस्ता लोकप्रिय कार्यक्रमहरूले गर्दा एमालेले नेपालमा लामो समयसम्म आफ्नो शाशन कायम राख्ने छ, किनभने जनताले राम्रा कामहरूका लागि एमालेलाई नै बारंबार आफ्नो मतले जिताउने छन् र दछीणपन्थी पार्टीहरू (कांग्रेस, र.प्रा.पा., आदीले) ले कम्तीमा आगामी केहि दशकहरूका अवधी भरि आम निर्वाचनहरू र स्थानिय निर्वाचनहरू जित्ने छैन" भन्ने अत्यन्त तिब्र ईर्ष्या र भयले ग्रश्त भए । त्यहि कारणले ति दछीणपन्थी राजनीतिक शक्तीहरू मिलेर र नेपालको सर्बोच्च अदालत समेत लागेर एमाले सरकारलाइ बिघटन गराए । अधिकारीको नेतृत्वमा बनेको त्यो अल्पायु एमाले मन्त्रीमंडलको कार्याबधी आधुनिक नेपालको ईतिहांसमा एउटा स्वर्ण युगको रुपमा मान्यता पाएको छ । दोश्रो कारण हो, नेपाली राजनीतिक आकाशमा एउटा उदाउँदो चम्किलो र होनाहार तारा, अत्यन्त प्रतिभाशाली राजनीतिज्ञ र अत्यन्त लोकप्रिय नेता मदन भण्डारीको रहश्यमय हत्या भए पछी, २०५० साल देखी एमाले पार्टीको सर्बशाक्तिशाली महासचिव पदमा नियुक्ति (सुरुमा एमालेको के.क. ले नियुक्ति गरेको) र निर्बाचित भएर अकन्टक रुपमा माधव कुमार नेपाल (माकुने) २०६४ साल सम्म नेतृत्व गर्ने लामो मौका पाए. उनले त्यो पद सम्हाल्दाको समयसम्म उनै मदन भण्डारीको नेतृत्व कुशलतले गर्दा तत्कालिन मालेबाट एमाले बनेको दल एमाले नेपालको राजनीतिक दलहरू मध्ये सबैभन्दा अनुशासित, संगठित, जन-आधारित र साँच्चिकै अन्तरपार्टी जनबाद अभ्याष गर्ने पार्टी थियो. त्यो बेलासम्म, देशका एक दर्जन भन्दा बढी संख्यामा रहेका बामपन्थी दलहरू माझ एमाले सबैभन्दा ठुलो दल थियो. अरु सबै बामपन्थी दलहरू एकै ठाउँमा मिलाउँदा पनि तत्कालिन एमालेको लम्बाई र चौडाईको १/४ (एक चौथाई) भन्दा साना र छोटा हुन्थिए. यसरि, २०५० सालको वरिपरि एमाले नेपालको बामपन्थी आन्दोलनको मुलधारको रुपमा संचालित भैसकेको र एउटा दलबाट एक आन्दोलनको रुपमा बिकशित हुँदै थियो. माकुनेको अकुशल र असछ्यम नेतृत्वले गर्दा त्यसमा ठुलो अबरोध लाग्न सुरु भयो र त्यो क्रम आजसम्म जारि नै छ र एमाले "माओबादी"को स्तरमा वा अझ तल्लो स्तरमा झरन पुगेको हामी सबैलाई थाहा नै छ. माकुनेले, एमाले जस्तो एउटा देश ब्यापी रुपमा स्थापित वामपन्थीहरूका मुलधार भैसकेको दलको लामो समय नेतृत्व गर्दा उनीबाट यस्ता कमजोरीहरू, गल्तीहरू र अपराधहरू हुनुको पछाडी उनका अल्प-बुद्दी र "आफु बाँचुन्जेल आफु मात्र नेतृत्वमा रहन पाईयोस" भन्ने महत्वाकान्छ्या नै थिए. यिनै कारणहरूले गर्दा लाखौंका संख्यामा रहेका एमालेका सच्चा, दीर्घकालिक, ईमान्दार, अनुशाशित, प्रतिबद्ध, अध्यनशील र सृजनशील नेता अनि कार्यकर्ताहरूका पंक्तिमा व्यापक स्तरमा निराशा, निस्कृयता, असन्तोष र पलायनता छाउन थाल्यो. अझ त्यसमाथी, माकुनेको अकुशल र असफल नेतृत्व तथा माकुनेको चरम महत्वाकान्छ्याहरूले गर्दा एमालेको छैठौं महाधीबेशनको समयमा माकुनेले त्यस बेलाका सोझा-साधा के.पी. ओली र त्यसबेलानै महत्वाकाछ्याले ग्रश्त बामदेव गौतम बीच भयङ्कर अन्तरबिरोध सिर्जना गराए । त्यसको केहि दिन पछी, एक बित्ता भन्दा परको कुराहरू देख्ने बुद्धी नभएको बामदेवले सि. पी. मैनालीको सहयोग लिएर एमालेलाई २ टुक्रा पार्यो । त्यो कुरा के.पी. ओली समेतको पुरा सहयोग पाएर छैंठौं महाधिबेसनबाट पार्टी महासचिब निर्वाचित माकुनेलाई पुरा थाहा थियो । तर पनि, त्यसबेला पार्टी एकता कायम राख्न उसले कुनै गम्भीर प्रयत्न गरेन । यसरी, माकुने र बामदेव गौतमहरूले एमालेका लाखौं समर्थकहरू, सुभेच्छुकहरू, कार्यकर्ताहरू र अन्य नेताहरूलाई नराम्रोसंग रुवाउन्दै एमालेलाई फुटाए । यिनै कारणहरूले गर्दा लाखौंका संख्यामा रहेका एमालेका सच्चा, दीर्घकालिक, ईमान्दार, अनुशाशित, प्रतिबद्ध, अध्यनशील र सृजनशील नेता अनि कार्यकर्ताहरूका पंक्तिमा व्यापक स्तरमा निराशा, निस्कृयता, असन्तोष र पलायनता छाउन थाल्यो र अरु उनीहरू मध्ये धेरै नै क्रमिक रुपमा पार्टीहरूमा गए, खासगरी "माओबादी" दस्तामा पसे । मनमोहन अधिकारीको मन्त्रीमंडल बिघटन गराएपछी अनेक पटक दलहरूका संयुक्त मंत्रेमंडलहरू बन्ने र बिघटन हुने क्रमहरू चल्दै गयो र अन्तमा केहि शिप नलागे पछी फेरी भएको आम निर्बाचनमा एमाले फुटेको कारणले गर्दा कांग्रेस र गिरिजाले संषदमा बहुमत ल्याएर मन्त्रीमंडल बनाए । त्यस बेला यदी, माकुने र बामदेव गौतमहरूले एमाले नफूटाएको भए, एमालेले तत्कालिन सम्षदमा २/३ (दुई-तिहाई) भन्दा बढी स्थानहरू जित्ने थियो र यो "माओबादी"नाम को अपराधीहरूको दस्ता जन्मने थिएन ।यस्तै कारणहरूले गर्दा तत्कालिन एमालेको एउटा ठुलो पंक्ती समय क्रममा एमालेबाट एक पछी अर्को गर्दै बाहिरिए र "माओबादी"मा समाहित भए. यसरी एमालेलाई "माओबादी"हरूलाई आबश्यक पर्ने खारिएका र जुझारु नेताहरू र कार्यकर्ताहरू निर्माण गरेर निर्यात गर्ने एउटा कारखाना मात्र बनायो र विनाशकारी हत्यारा आतंककारी दस्ता अहिलेको अवस्थामा आइपुग्यो. अहिलेको "माओबादी" दस्ताको ६०% "नेता"हरू र कार्यकर्ताहरू पहिलेका एमालेका नै हुन् । यसरी हो माओबादी"हरू बनेको । यसरी "माओबादी" ले यो उत्पात जन्माउनुमा गिरिजा कोइराला र उसको दल कांग्रेसको र माकुनेको ठुलो योगदान रहेको छ । तेश्रो कारण हो, अत्यन्त महत्वाकान्छ्यी र ईर्ष्यालु छविलाल दाहाल(जो आफुलाई पुष्पकमल दाहाल वा "प्रचण्ड" भन्न रुचाउञ्छ) र बाबुराम भट्टराई जस्ता केहि व्यक्तीहरूले नेतृत्व गरिरहेको संयुक्त राष्ट्रिय जनमोर्चा (United National People's Front) नामको एउटा सानो जमातको गठन र उपस्थिती रहेको अवस्था हुनु. यो जमातले केहि समय पछी आफुलाई "माओबादी" भएको घोषणा गर्यो. यही दस्ताले जनताका तिनै माथी चर्चा गरिएका असन्तोष, आक्रोश, निराशा र बिद्रोही भावनाहरूलाई पुँजीकरण (Capitalization) गरेर अनि आफ्ना बिदेशी मालिक भारतीय शाशक मण्डलीको सहयोगमा त्यस्तो हत्या, आतंक, अपहरण, लूट, यातना र भौतिक बिनाशको कालराज्य कायम गरेर यहाँ सम्म आए र अझै पनि बेलाबखतमा धम्कि दिन छोडेका छैनन्. यो धम्कि केहि होइन, यो त कांग्रेस र एमालेका शिर्ष नेतृत्वमा रहेकाहरूको अल्प-बुद्धीको फाईदा लिने काईदा मात्र हो. "माओबादी"हरू नेपाल र नेपाली जनताका बिरुद्ध गरेका अपराधाहरूलाई"महान क्रान्ती" र "महान जनायुद्ध" नाम दिन्छन (नेपालको सार्बभौमिकता माथी २००७ साल भन्दा अघी देखिने गिद्देदृष्टि राखिरहेको भारतीय शाशक मण्डलीले यी आतंककारी र हत्यारा जमातलाइ आर्थिक, बैचारिक र भौतिक सहयोग दियो)।

यसरी, नेपालमा "माओबादी" हत्या, आतंक, यातना, अपहरण र लूटको कालो राज्य सुरु र कायम हुनका कारणहरू यसरी प्रश्तुत गर्न सकिन्छ: १. तत्कालिन राणाहरू, राजाहरू र गिरिजा कोइराला र कांग्रेस कुशाशनहरूले जनतालाई दिएको बन्दुकहरू (अर्थात, तत्कालिन राणा र राजाहरूको सक्रिय नेतृत्व रहेको पंचायत नामको पिछडिएको निरङ्कुश रानीतिक ब्यबस्थाहरू र त्यसपछी गिरिजा कोइराला र कांग्रेसले सृजना गरेको चरम जन असन्तोष, आक्रोश, निराशा, बिद्रोही र बदला तथा परिबर्तन भावनाहरू) । २. माधव कुमार नेपाल (माकुने) ले प्रदान् गरेको गोलि र बारुद, जसले ति बन्दुकहरू पड्काउँन सकियोस (अर्थात, २०५० साल देखि महासचिव बनेको माकुनेको असफल नेतृत्व रहेको ने.क.पा. (एकीकृत ए.मा.ले.) , जो "माओबादी"हरूलाई अत्यावश्यक पर्ने लामो समय लागेर खारिएका र जुझारु नेताहरू र कार्यकर्ताहरू निर्माण गरेर निर्यात गरिरह्ने कारखाना बन्न गयो, जसले "माओबादी" हरूलाई अत्याबश्यक जनशक्ती छिटो र निशुल्क उपलब्ध गरायो) । ३. त्यसरी गोला-बारुद भरिएर तयार रहेको बन्दुकको घोडा (Trigger) थिची दिने तम्तयार समूह, "माओबादी," जसलाई नेपाल माथी सधैं छेत्रीय हैकमबादी गिद्दे-दृष्टीकोण राखिआएको भारतीय शाशक मण्डलीले सकेसम्मको सबै प्रकारको सहयोग गर्यो.

 तपाईंहरूले देखिहाल्नु भयो, मैले यो लेख लेख्दै गर्दाको समय वारोपरी नै छबिलाल दाहालले राखेको ५ वटा शर्तहरू मध्ये एमाले र कांग्रेसका माथी उल्लेख गरिएका नेताहरूले ४ वटा शर्तहरू स्वीकार गरेर "माओबादी"हरूको जालमा फेरी पसिसके. तर ति "नेता"हरूमा त्यो जालबाट उम्कने बुद्धी भने छैन. बुद्धु लाउके "नेता"हरू ! तर बिगत ५-६ बर्ष देखी हत्याराहरूका नाइकेहरू र युद्धसरदार्हरहरू - दहाल्, बैध्य र भट्टराईहरूले, आफुमा "असाधरण" खुबी भएको, भनी दावी गर्ने नेताहरुलाई, तीनका कठाला समाएर रयाइ -रयाइ घुमाएर नचाएको बारेमा अझै चेत खुलेको चैन। युद्धसरदार्हरहरू - दहाल्, बैध्य र भट्टराईहरूले यी नेताहरूका कठालो र कान समातेर घुमाको-घुमाई छन्. धिक्कार छ यस्ता बोधो दिमाग भएका "नेताहरूलाई" ! कस्ता अभागी रहेछौ हामी नेपालीहरू र नेपालआमा। एउटा भनाइ छ: बोधो दिमाग भएको मानिसहरूमा साहश हुन्दैन. हेरी रहनु होला साथीहरू, कांग्रेस र एमालेका अहिलेका टाउके हुँ भन्ने नेताहरू (शुशील कोइराला, देउबा, पौडेल, महत, माकुने, झलनाथ खनाल र बामदेव गौतम) लाइ पहिले जस्तै छबिलाल दाहाल, मोहन बैध्य र बाबुराम भट्टराईहरूले अर्को २ बर्ष, ३ बर्ष वा ६ बर्षसम्म बेस्करी रिंगाउने छन्, यदी हामीले ठिक माथी उल्लेख जसतै गर्ने बुद्धी, आँट, चाहना र अशल नियत, आदी नदेखाएमा वा अन्य कुनै चमत्कारिक परिश्थिती सृजना भएन भने, त्यस पछी नेपाली जनताले के देखाईदिने छन्, त्यो बेलामा थाहा पाउने छन् ।यस्ता बुद्दुहरूलाइ नेपाली जगतले "नेता"हरू मान्दिनु रे? यिनै "नेताहरू", आफ्ना समकालिन अन्य नेताहरू, कार्यकर्ताहरू, अनि नेपाली जनतालाई आफुजस्तै बेवकुफ्, अनैतिक्, बेईमान, हूतीहारा र फटाहा ठान्छन। यस्ता मुर्खहरूलाई पनि हामिले नेता भनेर स्विकार्नु परिरहेछ ।थाह छैन्, यी नेताहरू र ती युद्धसरदारहरूले नेपाललाई कङगो, सुडान्, सोमालिया व अफगानिस्तन मध्य कुनचाहि बनाउने हुन । "माओबादी"हरूले आफुलाई ठुलो क्रन्तीकरीहरू हुँ भन्ने भ्रम छर्दै एमाले, कांग्रेस लगायेतका अन्य पार्टी हरूलाई "शम्शद्बादी दलहरू" भन्ने बिल्ला भिड़ाई रहंदा यी बुद्दु एमाले र कांग्रेसका एउटा पनि नेताले त्यसको खण्डन गर्न सकेका छैनन्. के ति हत्यारा र आतंककारीहरूका दस्ता एमाले र कांग्रेस भन्दा कम छ र भन्ने तथ्य बिगत ५-६ बर्ष को अवधीमा देखिएको छैन र? तिनीहरू गणितीय खेल, साम्षदहरू खरिद गर्ने, आदी खेलहरूमा एमाले, कांग्रेस र तराइका पार्टीहरू भन्दा बढी लागेकै थिए. त्यत्ती कुरा भन्ने बुद्दी नभएका काँतर "नेता"हरू! । यी सबै "नेताहरू", आफ्ना समकालिन अन्य नेताहरू, कार्यकर्ताहरू, अनि नेपाली जनतालाई आफुजस्तै बेवकुफ्, अनैतिक्, बेईमान, हूतीहारा र फटाहा ठान्छन । अनि यि नेताहरू कार्यकर्ताहरूलाई आफ्नो दाश र नोकरहरूको रुपमा ब्यबहार गर्छन । के पार्टी कार्यकर्ताहरूले ती "नेताहरू"को खल्तीबाट तलव खाएका छन ? उनिहरूले त स्वयम्सेवकको रुपमा आफ्नो जिवनको महत्त्वपूर्ण समय र अन्य स्रोतहरू निशुल्क लगानी गरेका हुन। ति असछ्यम फटाहाहरूलाई नेताहरू बनाएको पनि त्यही कार्यकर्ताहरू, समर्थकहरू, सुभेच्छुकहरू र जनताहरूले होईनन र? अनि ति मानिसहरूकै बिरुद्ध यत्रो अपराध गर्ने? यस्ता सर्बत्र असफल शिद्ध भएका, भ्रष्ट, पतित, धुर्त, चरम महत्वाकान्छी, सदाबहार पदलोलुप, आफ़ुमरे डुमै राजा होस् भन्ने अपराधी मानाशिकता भएका, बेवकुफ्, अनैतिक्, बेईमान, हूतीहारा, पाखंडी र फटाहा"नेताहरू"लाई पार्टी र राज्यका कुनै पनि पदमा पुन: आउन दिनु हुन्न.

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

यो दोश्रो संबिधान-सभाको लागी भएको निर्वाचनका परिणामहरू पछी त कांग्रेस र एमालेका माथी उल्लेख गरिएका नेताहरूलाइ त फेरी सदाबहार चाहड आए जस्तै भएको देखिंदै छ. अहिले यिनीहरू आ-आफ्ना दल भित्र र एक-अर्का दल बीच पदको हारालुछिमा मरिमेटेर लागिरहेका देखिएको छ । त्यसको लागी आफ्ना दावी र कुतर्कहरू ओकलिरहेका छन्. यी नेताहरूलाई र तिनका दलहरूलाई जनताहरूले "तिमीहरूले राम्रो कामगरेका छौ" भनेर ठुलो दलहरू हुने गरि आफ्नो मतहरू दिएका अवश्य होइनन, यो त "माओबादी"हरू, जातीबादीहरू र छेत्रियताबादीहरूलाई तिनीहरूले देश र जनता बिरुद्ध गरेका अपराधहहरूकालागि जनताले सजायं दिएको कारणले मात्र हो । यिनीहरूलाई जनताले बहुमत दिएका छैनन्, खालि ठुलो पार्टी बनाएर "अब संगै मिलेर काम गर" मात्र भनेका हुन् । यी अल्प-बुद्धीयुक्त नेताहरूले जनताको यो शन्देश बुझेको जस्तो लागिरहेको छैन.

तर हामी नेपालीहरू र नेपाल आमाको दुर्भाग्यले त्यस्तो नेता एउटा पनि पाएनौं । मदन भण्डारी आकाशमा बिजुली चम्केको जस्तै गरी नेपाली धरतीमाथी चम्कदै आए र हामीलाई अभागी र टुहुरा बनाएर त्यसै गतीमा अनन्त यात्रामा गए । देश भित्र र बाहिर रहेका नेपाल र नेपाली जनताका शत्रुहरूले मिलेर उहाँलाई मारे । एउटा तथ्य रहश्यपूर्ण छ कि किन एमालेले आफ्नो एक हुनाहार नेताको हत्या भएको २० बर्षको लामो अवधीमा एमाले अनेकौं पटक देशको सर्ब-शक्तीशाली कार्यकारी निकायमा सक्रिय सहभागी हुँदा वा नेतृत्वकारी स्थितीमा पुग्दा पनि, त्यो हत्या-काण्ड बारेमा छाविन आयोग गठन गर्न चासो देखाएन?

अन्तमा, यहाँ, उल्लेख गर्नु पर्ने एउटा तथ्य छ: समकालीन नेपालमा, धेरै राजनीतिक सवालहरूका बारेमा स्पष्ट र ठीक दृष्टीकोण र दह्रो अडान राख्न सक्ने तथा "माओबादीहरू"का सम्बन्धमा पनि सटिक, यथार्थ तर्क र तथ्यपूर्ण रुपमा र शाहशकासाथ् जनताका सामु प्रश्तुत हुने एउटा मात्र जिउँदो नेता के.पी. ओली हुन् । तर, बडो बिडम्बना यिनै ओलीलाई उनकै पार्टीका माकुने-खनाल-गौतम गुटले अगाडी आउनबाट रोकिराखेका जस्तो देखिएको छ । यो पनि नेपालीकालागी अर्को दुर्भाग्य नै हो । यी ओली मात्र एउटा यस्ता नेता हुन्, जो "माओबादी"हरूले बुन्ने छलछाम, शब्दजालहरू, धाकहरू, धम्कीहरू र धुर्तता रूपी नेपाली आकाशमा छाउने राजनीतिक काला बादलहरूलाई पहिचाहन्ने र छिचल्ने बौद्धिक खुबीयुक्त छन् । यिनी बाहेक माथी उल्लेख गरिएका आफुलाई "मै मात्र हुँ" भन्ने नेताहरू "माओबादी"हरूको जालोमा सजिलै छिर्छन, तर, त्यो जालबाट उम्कने बुद्धी छैन, यो प्रमाणित भएकै कुरा हो । यहाँ मैले ओलीको बारेमा यसो भन्दा साथीहरूले "उनि १००% पूर्ण छन्, उनका कुनै पनि ब्यक्तीगत कमजोरीहरू छैनन्," भन्न खोजेको भनि गलत अर्थमा नबुझ्नु हुन बिनम्र अनुरोध गर्द छु । ओलीको बारेमा कुरा गर्दा केही तथ्यहरूको ख्याल गर्नु पर्छ । पहिलो तथ्य, यस लेखमा चर्चा गरिएका उनका आफ्नैपार्टी (एमाले) का अन्य नेताहरूमध्ये, ओली आहिले सम्म, सम-सामयिक राजनीतिक प्रश्नहरू र समस्याहरूका बारेमा अन्य नेताहरू, जसले बारम्बार दल र सरकार चलाउने मौका पाएर पनि असफल शिद्ध भएका छन्, का तुलनामा उनि बहुत सटिक, तार्किक, स्पष्ट तथा आँटिलो ढंगले दृष्टिकोणहरू राख्न सक्छन, त्यसको साथै समाधानका सम्भावित उपायहरू पनि प्रस्तुत गर्छन। यसरी उनि तुलनात्मक रुपमा (Relatively) बढी सम्भावना भएका नेता हुन् । दोश्रो तथ्य, एमाले भित्र माकुने-खनाल-गौतम गुटले षड्यन्त्र गरेर एमाले र यसपछी देशको नेतृत्व गर्ने अबशरबाट उनलाई लामो समय देखी बन्चित गरिएको छ । यसरी, उनि पार्टी र देशको नेतृत्वमा परिछित (Tested ) भैसकेका नेता होइनन । उनले परिछित हुन् मौका पाउनु पर्छ भन्ने मेरो तर्क हो । कुनै मानिस ब्यबहारमा परिछ्यण नै हुन् नपाइकन "आ, उ पनि उस्तै त हो नि" भनि नकारात्मक स्वचाई राख्नाले र ब्यबहारले नराम्रो परिणाम पैदा गर्छ भनी मेरो राय छ । यस्तो मानिसलाई एक पटक मौका दिएर हेर्नु राम्रो हुन्छ कि भन्ने मेरो आग्रह मात्र हो. यो बाहेक, मैले के.पी. ओलीको बारेमा यसरी खुला ओकालत गर्नु पर्ने कुनै गोप्य र कुत्षित उद्देश्य छैन ।  

 मेरो जीवनको एक समयाबधीमा म कुनै एउटा ठुलो दलमा आफ्नो स्वबिबेकले आबद्ध भएर एउटा लामो समयावधी भरि काम गरेर आफ्नो जीवनको अमुल्य समय खर्चेको ब्यक्ती भएको हुँ. अहिले देशमा हामी जस्तै हज्जारौं कार्यकर्ताहरू, भूतपूर्व कार्यकर्ताहरू, जनताहरू र देशको, माथी उल्लेख गरिएका र अन्य केहि भ्रष्ट, फटाहा, अल्प बुद्धीयुक्त, हुतीहारा अत्यन्त महत्वाकान्छी, पाखण्डी र घोर अपराधी नेताहरू कै महत्वाकान्छ्या, लोभ, उनीहरूका आफ्नै पार्टी र देश हाँक्ने असछ्यमता र अकुशल नेतृत्वका कारणले दयनीय हालत भएको देखिंदै आएकोले, यी भ्रष्ट, फटाहा, अल्प बुद्धीयुक्त, हुतीहारा, अत्यन्त महत्वाकान्छी, पाखण्डी र घोर अपराधी "नेता"हरूलाई, तिनीहरूले देश र जनताका बिरुद्ध गरेका अपराधहरूका लागि संचार माध्यमहरू, साथीहरू, बुद्दिजीवीहरू र अन्य चिन्तनशील व्यक्तीहरू मार्फत जनताका समछ्य नंग्याएर जनताहरुलाई सचेत पार्ने र मौका आउँदा यी अपराधी "नेता"हरूलाई जनताले सजायं गर्न सकुन भन्ने एउटा आशाकासाथ् यो र यस्तै अन्य लेखहरू प्रेसित गरेको मात्र हुँ ।

फेरी उही,

दीपक मनराल, शिकागो
  
Al-Qaida sweep in Iraq cities revives battleground

BAGHDAD , JAN 04 -
Two Iraqi cities that were strongholds of Sunni insurgents during the U.S. war in the country are battlegrounds once more after al-Qaida militants largely took them over, fending off government forces that have been besieging them for days.
The overrunning of the cities this week by al-Qaida's Iraqi branch in the Sunni heartland of western Anbar provinces is a blow to the Shiite-led government of Prime Minister Nouri al-Malik. His government has been struggling to contain discontent among the Sunni minority over Shiite political domination that has flared into increased violence for the past year.
On Friday, al-Qaida gunmen sought to win over the population in Fallujah, one of the cities they swept into on Wednesday. A militant commander appeared among worshippers holding Friday prayers in the main city street, proclaiming that his fighters were there to defend Sunnis from the government, one resident said.
"We are your brothers from the Islamic State in Iraq and Levant," militants circulating through the city in a stolen police car proclaimed through a loudspeaker, using the name of the al-Qaida branch. "We are here to protect you from the government. We call on you to cooperate with us."
Government troops, backed by Sunni tribesmen who oppose al-Qaida, have encircled Fallujah for several days, and have entered parts of the provincial capital Ramadi, also overrun by militants. On Friday, troops bombarded militant positions outside Fallujah with artillery, a military official said, speaking on condition of anonymity as he was not authorized to release information.
Anbar province, a vast desert area on the borders with Syria and Jordan with an almost entirely Sunni population was the heartland of the Sunni insurgency that rose up against American troops and the Iraqi government after the 2003 U.S.-led invasion that toppled Saddam Hussein. The insurgency was fueled by anger over the dislodgment of their community from power during Saddam's rule and the rise of Shiites. It was then that al-Qaida established its branch in the country.
Fallujah became notorious among Americans when insurgents in 2004 killed four American security contractors and hung their burned bodies from a bridge. It, the provincial capital Ramadi and other cities were repeatedly battlegrounds for the following years, as sectarian bloodshed mounted, with Shiite militias killing Sunni.
Finally, major Sunni tribes turned against al-Qaida, forming militias that fought alongside American troops — bringing an easing of the bloodshed in 2008, before the American withdrawal at the end of 2011.
But 2013 has been the deadliest year since, with a resurgence of violence after al-Maliki's government in April violently broke up a protest by Sunnis against discrimination by Shiite authorities.
Sunni anger further flared after authorities this past week arrested a senior Sunni politician and dismantled a months-old sit-in in Ramadi over the past week.
As a concession, al-Maliki on Wednesday pulled the military out of Anbar cities to give security duties to local police, a top demand of Sunnis who see the army as a tool of al-Maliki's rule. But al-Qaida militants promptly erupted in Fallujah, Ramadi and several nearby towns, overrunning police station, driving out security forces and freeing prisoners.
Since then, militants have dug in in the cities, setting up checkpoints in streets and waving black al-Qaida banners. Al-Maliki called in military reinforcements and sought the support of Sunni tribal fighters, who oppose al-Qaida though they still mistrust the government.
Government official Dhari al-Rishawi told The Associated Press that clashes were still underway on Friday, saying the militants remain in control of Fallujah and some parts of Ramadi. On Thursday, government warplanes fired Hellfire missiles — recently supplied by the United States — at some militant positions.
So far, casualties from the fighting since Wednesday are not known. On Friday, two policemen were killed and six other wounded when their patrol was attacked by gunmen in speeding cars outside Fallujah, a police officer and a medical officials said on condition of anonymity as they were not authorized to release the information.