How to Get Canada PR Easily (क्यानडाको पी आर पाउने अर्को सजिलो उपाए(Quebec Selection))

क्यानडाको पी आर पाउने अर्को सजिलो उपाए(Quebec Selection)

क्यानडाको उत्तर पूर्वी राज्य क्यूबेकले यही अगष्ट १ तारिखदेखि आफ्नो इम्मिग्रेशन प्रणालीमा आमुल परिवर्तन दक्ष जनशक्तिहरु सजिलै इम्मिग्रेशन हुन सक्ने नियम बनाएको छ । जसले गर्दा विदेशी दक्ष व्यक्तिहरुलाई Quebec Selection को माध्यमबाट क्यानडाको स्थायी भिसा (Permanent Resident) पाउन सजिलो हुन्छ ।

क्यूबेक सरकारी वेवसाइटमा जनाइएअनुसार विभिन्न प्रकारको विषयहरुमा बिश्वविद्यालय वा व्यवशायिक अध्ययन गरका र ३५ बर्ष उमेर पुगेका व्यक्तिहरुले सजिलैसँग क्यूवेक सेलेक्सन पाउन सक्ने उल्लेख गरिएको छ । उदाहरणको लागि ३५ बर्ष मुनीको Civil Engineer ले फ्रान्सेली भाषाको ज्ञान नभएता पनि सजिलैसंग छनौट पास मार्क प्राप्त गरी क्यूबेक सेलेक्सन पाउन सक्नेछ ।
विभिन्न बिषयमा अध्ययन वा व्यवशायिक तालिम प्राप्त व्यक्तिहरुले अध्ययनमा मात्र २८ अंकसम्म प्राप्त गर्न सक्नेछ भने विवाहित श्रीमान वा श्रीमतीको अध्ययनबाट ७ अंक प्राप्त गर्न सकिने छ । आवेदकको अध्ययनको बिषय विभिन्न छन्, जस् मध्ये केही निम्नबमोजिम छन्ः
Accountants
Agriculture
Aircraft Maintenance Technician
Aircraft Pilots
Avionics
Automobile Mechanics
Bank Managers
Bio-Chemistry
Bio-Medical
Business Managers
Chemical Engineer
Chemistry
Civil Engineers
Computer Engineer
Computer Support Worker
Dentists
Food Science
Lawyers
Mathematics
Mechanical Engineer
Machining Techniques
MBBS/MD Doctors
Microbiology
Nurse (PCL and BN)
Optometrists
Pharmacists
Psychologists
Restaurant Managers
Social Worker
Welders
त्यसैगरी १२ वर्ष वा सो भन्दा मुनीको एउटा बच्चाको ४ अंक गरी दुई वटा बच्चा छन् भने बढीमा ८ अंकसम्म प्राप्त गर्न सकिने देखिन्छ । भाषिक ज्ञानको हकमा अविवाहित व्यक्तिले French language मा १४ र English language मा ६ अंक प्राप्त गर्न सकिन्छ भने विवाहितको हकमा श्रीमान वा श्रीमतीको समेत French language मा ३ अंकसम्म प्राप्त गर्न सकिनेछ ।
अविवाहित व्यक्तिले employability threshold मा कम्तीमा ४२ अंक, पहिलो चरणको छनौटमा ४९ र अन्तर्वाता पछिको छनौटमा ५५ अंक प्राप्त गरेमा Quebec Selection Certificate (CSQ) प्राप्त गर्न सक्नेछ भने बिबाहित व्यक्तिको हकमा employability threshold मा ५० अंक, पहिलो चरणको छनौटमा ५२ र अन्तर्वार्ता पछिको अन्तिम चरणको छनौटमा ६३ अंक प्राप्त गर्नुपर्ने जनाइएको छ ।
क्यूबेक सरकारको छनौट प्रमाणपत्र (CSQ) प्राप्त गरिसकेपश्चात क्यानडाको स्थायी भिसा (Permanent Residence Card) पाउनको लागि योग्य मानिन्छ, जसको लागि क्यानेडिएन भिसा अफिसमा PR भिसाको लागि आवेदन गर्नुपर्ने हुन्छ ।
क्यानेडिएन इम्मिग्रेशन कन्सल्टेन्ट मिलन कार्कीकाअनुसार उक्त प्रक्रियाबाट धेरै नै नेपालीहरुले क्यानडाको स्थायी भिसा पाउन सक्ने देखिन्छ । उनी भन्छन्, “पहिलाको भन्दा अहिलेको क्यूबेक छनौट प्रक्रिया सजिलो र French भाषको ज्ञान नभएपनि छनौट Selection passmark ल्याउन सकिने देखिएको छ भने ३५ बर्ष मुनी उमेरका व्यक्तिले उमेरमा मात्र १६ अंक प्राप्त गर्न सक्नेछन् ।” तथापि अहिले आवेदन गर्दै गरेर French भाषाको अध्ययन तुरुन्त प्रारम्भ गरेमा त्यसले अन्तिमको अन्तर्वार्ता छनौट प्रक्रियामा सजिलो हुने श्री कार्की बताउँछन् ।
सन २००८ मा क्यूबेक सेलेक्सन को माध्यमबाट करिब ५० भन्दा बढी परिवारलाई क्यानडाको स्थायी भिसा दिलाउन सफल श्री कार्कीका अनुसार उक्त समयमा भन्दा पनि अहिले क्यूबेक सेलेक्सन सजिलो देखिएको छ । उनी भन्छन्, “उक्त समयमा Chemistry वा Mathematics अध्ययन गरेका व्यक्तिहरुलाई त्यहि बिषयमा कामको अनुभव भएको हुनुपर्ने, जस्तो कि Chemist or Mathematician कै अनुभव भएको हुनुपर्ने थियो तर अहिले त्यो अबस्था छैन । आफूले अध्ययन गरेको बिषयमासँग मिल्ने कुनै पनि प्रकारको कामको अनुभव प्राप्त गरेको भएपनि हुन्छ ।”
क्यानडाभित्रै रहेको फ्रान्सेली भाषीहरुको बसोवास गरहेको क्यानडाको क्यूबेक प्रान्तका Quebec Selection मार्फत क्यानडाको PR भिसा लिइसकेपश्छात क्यूबेक मा नै बसोवास गर्नैपर्छ भन्ने जरुरी नरहेको श्री कार्की बताउँछन् । उनी भन्छन्, “जुनसुकै प्रकारबाट आएपनि यहाँ आउने भनेको क्यानडाको Permanent Residency भिसा लिएर आउने हो । त्यसैले क्यानेडिएन Permanent Resident ले क्यानडाको कुनैपनि प्रान्तमा बसोवास गर्न पाउने अधिकार हुनेछ ।”
क्यूबेकमा करिब १०० नेपाली परिवार बसोवास गर्दछन् ।
साभार :विक्लीनेपाल